आउँदो वर्षबाट बर्दिबास मेडिकल कलेजको निर्माण प्रक्रिया अगाडि बढ्छ : गिरिराजमणि पोखरेल
महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका सत्ता गठबन्धनका साझा उम्मेदवार गिरिराजमणि पोखरेलले मधेस प्रदेशकै गौरवको योजना रहेको बर्दिबास मेडिकल कलेजको पूर्वाधार निर्माण प्रक्रिया आगामी वर्षबाट गरिने बताएका छन् ।
लामो समयदेखि विवादित बन्दै आएको मेडिकल कलेजलाइ आगामी वर्षबाट निर्माण प्रक्रिया अगाडि बढाइने पोखरेलले प्रतिबद्धतापत्रमा नै समावेश गरेका हुन् । डीपीआरदेखि पूर्वाधार निर्माण प्रक्रिया अन्तिम चरणमा रहेकै बेला पर्यावरणविदहरुले सर्वोच्च हालेको रिटमाथि अहिले अन्तरिम आदेश जारी भएको छ ।
मंगलबार आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कानुनी व्यवधानलाई समाधान गरि छिटोभन्दा छिटो मेडिकल कलेजको काम अगाडि बढाइने विषयलाई पोखरेलले उच्च प्राथमिकतामा राखेको बताएका छन् । पोखरेल स्वास्थ्यमन्त्री हुँदा २०७३ मा नै एक प्रदेश एक मेडिकल भन्ने अवधारणा अन्तर्गत बर्दिबासमा बनाइने प्रस्ताव गरेका थिए । सोही विषयलाई सदनबाट पास गराएर बजेट वक्तव्यमा नै बर्दिबास मेडिकल कलेज निर्माण गरिने योजना समावेश गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण