लगातार तेस्रो दिन पनि घट्यो नेप्से

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लगातार तेस्रो दिन गिरावट आएको छ । मंगलबारदेखि घट्न थालेको नेप्से परिसूचक आज बिहीबार पनि घटेर बन्द भएको हो । मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको थियो । त्यसयता हिजो बुधबार नेप्से परिसूचक ३९ अंकले घटेको थियो । जुन, आज बिहीबार २६.५२ अंकले घटेको हो । यससँगै परिसूचक १८ सय ९३ अंकमा आइपुगेको छ । यस्तै, आज सेन्सेटिभ समूह समेत ४.१७ अंकले घटेर ३७२ अंकमा आइपुगेको छ ।
यस क्रममा आज नेप्सेमा १ अर्ब ११ करोड ९४ लाख रूपैयाँ बराबरको ३१ लाख १४ हजार कित्ता सेयर किनबेच भएको छ । हिजो बुधबार १ अर्ब ४० करोड बराबरको ३६ लाख ९७ हजार कित्ता सेयर किनबेच भएको थियो ।
कारोबार समयदेखि घट्न थालेको नेप्सेमा निर्जीवन बीमा समूहमा ८८ अंकको गिरावट आएको छ । यस्तै, जीवन बीमा समूहमा ६९ अंक, उत्पादनमूलक समूहमा ६३ अंक, लघुवित्त बीमा समूहमा ५० अंकको गिरावट आएको छ । यसबाहेक अन्य समूहमा समेत गिरावट आएको छ ।
बजार दोहोरो अंकले घटेको दिन नेप्सेमा अप्पर हेवाखोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सबैभन्दा धेरैले गिरावट आएको छ । यस कम्पनीको सेयर मूल्य करिब ७ प्रतिशतले घटेर प्रतिकित्ता ३६४ रूपैयाँमा आइपुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने
-
पोखरामा ‘लायन्स कप’ भलिबल : नेपाल पुलिस र इरानी टोली विजयी
-
उदयपुरमा जिप दुर्घटना, एक जनाको मृत्यु, ६ घाइते