समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्छ : कार्यवाहक राष्ट्रपति पुन
कार्यवाहक राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक, सामाजिक रुपान्तरणसहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल–चीन उद्योग वाणिज्य संघको २३ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै कार्यवाहक राष्ट्रपति पुनले आर्थिक सामाजिक रुपान्तरण सहितको समृद्ध राष्ट्र निर्माणका लागि अर्थतन्त्रमा सुधार गर्नुपर्ने बताएका हुन् ।
उनले नेपाल उत्पादित वस्तुमा आत्मनिर्भर भइ निर्यात वृद्धि गर्न नसकेसम्म मुलुक आर्थिक रुपमा समृद्धि हुन नसक्ने बताए । उनले नेपाली उत्पादित वस्तु चीनमा निर्यात बढाउनको लागि नेपाल–चीन उद्योग वाणिज्य संघ लगायतका संस्थाहरूले समन्वय र सहकार्य गर्न आवश्यक रहेको बताए ।
कार्यवाहक राष्ट्रपति पुनले सरकारले आर्थिक समृद्धिलाई मुख्य एजेन्डा बनाए पनि मुलुकको व्यापारको अवस्था भने सन्तोषजनक नभएको भन्दै चिन्ता व्यक्त गरे । उनले गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको तीन महिनाको आर्थिक तथ्याङ्क हेर्दा चीन तर्फको निर्यात निरन्तर घट्दो अवस्था रहेको भन्दै यस्तो हुनु नेपालको अर्थतन्त्रका लागि सकारात्मक सन्देश नभएको बताए ।
कार्यवाहक राष्ट्रपति पुनले नेपाल एक चीन नीतिप्रति सँधै प्रतिवद्ध रहेको बताए । उनले नेपाल र चीनबीच पुरानो सम्बन्ध रहँदै आएको भन्दै दुई वर्षअघि चीनका राष्ट्रपतिको नेपाल भ्रमणपश्चात चीनसँगको सम्बन्ध थप नयाँ उचाइमा पुगेको बताए । उनले नेपालले चीनसँग थप सम्बन्ध सुधारको लागि नयाँ सहयोगका क्षेत्रहरू पनि पहिचान गरेको बताए । उनले आर्थिक र कुटनीतिका माध्यमबाट दुई देशको सम्बन्ध अझै बिस्तार हुने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण