चन्द्र भण्डारी मुलुकको हित चिताउने नेता : डा.गोविन्द केसी
बिहीबार, २४ कात्तिक २०७९, १७ : ४४
सत्याग्रही डा.गोविन्द केसीले गुल्मी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा उम्मेदवार रहेका डा.चन्द्र भण्डारीलाई जितको शुभकामना दिएका छन् । बिहीबार काठमाडौँको माइतीघरमा भएको भेटघाटका क्रममा डा.केसीले मुलुकमा बढ्दै गएको भ्रष्टाचार र वेतिथि नियन्त्रणका लागि भण्डारीको जित महत्वपूर्ण रहेको भन्दै शुभकामना दिएका हुन् ।
त्यसक्रममा डा.केसीले राष्ट्र, राष्ट्रियता र मुलुकको रुपान्तरणका लागि स्पष्ट दृष्टिकोण भएका युवा नेताहरूले निर्वाचन जित्नुपर्ने बताए । लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका भण्डारी युवा माझ लोकप्रिय मानिन्छन् । कृषि, पर्यटनको सम्भावना भएको गुल्मीलाई देशकै नमुना जिल्ला बनाउने प्रतिवद्धतासहित चुनावी मैदानमा होमिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले—नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण