बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

सेमिफाइनल हारपछि भावुक बने विराट कोहली, ट्वीटरमा लेखे ‘मनको कुरा’

शुक्रबार, २५ कात्तिक २०७९, १२ : ०६
शुक्रबार, २५ कात्तिक २०७९

अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भारतीय टोली नराम्ररी पराजित भएको छ । इङ्ग्ल्यान्डले भारतलाई १० विकेटले हरायो ।

अब आइतबार पाकिस्तानले इङ्ग्ल्यान्डको सामना गर्नेछ । भारतको तर्फबाट यो विश्वकपको स्टार रहेका विराट कोहलीले अब ट्वीटमा आफ्नो निराशा व्यक्त गरेका छन् । अष्ट्रेलियाबाट भारत जानुअघि उनले ट्वीट गर्दै आफ्नो सपना पूरा नगरी निराशाका साथ अस्ट्रेलिया छाडिरहेको लेखेका छन् ।

उनले लेखेका छन्, ‘एक समूहको रूपमा हामी धेरै अविस्मरणीय पलहरू र थप राम्रो गर्ने लक्ष्यलाई हामीसँग लिएर गइरहेका छौँ ।’ विराट कोहलीले भारतीय टोलीलाई समर्थन गर्न ठूलो संख्यामा स्टेडियममा आएका सबै क्रिकेट फ्यानहरूलाई धन्यवाद पनि दिए ।

भारतको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्दा सधैं गौरवको अनुभूति हुने उनले लेखेका छन् । यो विश्वकपमा भारतले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर भारतको टोली सेमिफाइनलमा पराजित भयो ।

यस विश्वकपमा भारतले दुई खेल मात्रै हारेको छ । समूह चरणमा दक्षिण अफ्रिकासँग र सेमिफाइनलमा इङ्ग्ल्यान्ड​सँग । विराट कोहली भारतका लागि सबैभन्दा ठूलो खेलाडी साबित भए । उनले ६ खेलमा २९२ रन बनाए, जुन यस विश्वकपमा सबैभन्दा धेरै रन हो । उनले सेमिफाइनलमा पनि अर्धशतक बनाएका थिए ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप