सेमिफाइनल हारपछि भावुक बने विराट कोहली, ट्वीटरमा लेखे ‘मनको कुरा’
अस्ट्रेलियामा जारी टी–२० विश्वकपको सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग भारतीय टोली नराम्ररी पराजित भएको छ । इङ्ग्ल्यान्डले भारतलाई १० विकेटले हरायो ।
अब आइतबार पाकिस्तानले इङ्ग्ल्यान्डको सामना गर्नेछ । भारतको तर्फबाट यो विश्वकपको स्टार रहेका विराट कोहलीले अब ट्वीटमा आफ्नो निराशा व्यक्त गरेका छन् । अष्ट्रेलियाबाट भारत जानुअघि उनले ट्वीट गर्दै आफ्नो सपना पूरा नगरी निराशाका साथ अस्ट्रेलिया छाडिरहेको लेखेका छन् ।
उनले लेखेका छन्, ‘एक समूहको रूपमा हामी धेरै अविस्मरणीय पलहरू र थप राम्रो गर्ने लक्ष्यलाई हामीसँग लिएर गइरहेका छौँ ।’ विराट कोहलीले भारतीय टोलीलाई समर्थन गर्न ठूलो संख्यामा स्टेडियममा आएका सबै क्रिकेट फ्यानहरूलाई धन्यवाद पनि दिए ।
भारतको जर्सी लगाएर देशको प्रतिनिधित्व गर्दा सधैं गौरवको अनुभूति हुने उनले लेखेका छन् । यो विश्वकपमा भारतले उत्कृष्ट प्रदर्शन गरेको थियो । तर भारतको टोली सेमिफाइनलमा पराजित भयो ।
यस विश्वकपमा भारतले दुई खेल मात्रै हारेको छ । समूह चरणमा दक्षिण अफ्रिकासँग र सेमिफाइनलमा इङ्ग्ल्यान्डसँग । विराट कोहली भारतका लागि सबैभन्दा ठूलो खेलाडी साबित भए । उनले ६ खेलमा २९२ रन बनाए, जुन यस विश्वकपमा सबैभन्दा धेरै रन हो । उनले सेमिफाइनलमा पनि अर्धशतक बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
घरेलु कामदारका रूपमा महिलालाई अवैध रूपमा खाडी पठाउने ६ जना पक्राउ, ३१ लाख नगद बरामद
-
मानव अधिकार आयोगको प्रतिवेदन बदनियतपूर्ण रहेको एमालेको निष्कर्ष, भूतप्रभावी कानुन बनाउने सिफारिसमा आपत्ति
-
संविधान संशोधन गर्दा मूल संरचनालाई कुनै पनि हालतमा खण्डित गर्न हुँदैन : रेग्मी
-
क्युबाका राष्ट्रपतिमाथि अमेरिकाले लगायो प्रतिबन्ध
-
१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य असम्भव छैन : डाँगी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण