अमेरिका र चीनका राष्ट्रपतिबीच भेटघाट, कुन मुद्दा सबैभन्दा ठूलो ?
अर्को हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङको भेटघाट हुँदैछ । यो भेटको एजेन्डामा ताइवानको विषयमा सबैभन्दा महत्वपूर्ण हुनसक्छ । जो बाइडेन सन् २०२० मा राष्ट्रपति बनेपछि दुई राष्ट्र प्रमुख बीचको यो भेट पहिलो हो ।
यद्यपि, यो भेट यस्तो समयमा भइरहेको छ, जब दुई देशबीच सम्बन्धमा तनावको स्थिति छ । यो तनावको कारण ताइवान पनि हो । अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको अगस्टमा ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच खटपटको स्थिति छ ।
चीनले यसलाई एक चीन नीतिको उल्लंघन बताएको छ र ताइवानको हवाई मार्गमाथि उडान भरेको थियो । त्यतिबेला अमेरिकाले चीनले ताइवानमाथि हमला गर्न सक्छ भनेर चिन्ता व्यक्त गरेको थियो । यस्तै अमेरिकाले कम्प्युटर चिप टोक्नोलोजीमा पहुँच रोकेको छ जसले चीनको निर्यातमुखी अर्थतन्त्रलाई चोट पुर्याएको छ ।
यो बैठकमा अमेरिकाको एसियाली सहयोगी भारत, जापान र अष्ट्रेलियाले पनि निगरानी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण