अमेरिका र चीनका राष्ट्रपतिबीच भेटघाट, कुन मुद्दा सबैभन्दा ठूलो ?

अर्को हप्ता अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति शी जिनपिङको भेटघाट हुँदैछ । यो भेटको एजेन्डामा ताइवानको विषयमा सबैभन्दा महत्वपूर्ण हुनसक्छ । जो बाइडेन सन् २०२० मा राष्ट्रपति बनेपछि दुई राष्ट्र प्रमुख बीचको यो भेट पहिलो हो ।
यद्यपि, यो भेट यस्तो समयमा भइरहेको छ, जब दुई देशबीच सम्बन्धमा तनावको स्थिति छ । यो तनावको कारण ताइवान पनि हो । अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रेप्रेजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको अगस्टमा ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच खटपटको स्थिति छ ।
चीनले यसलाई एक चीन नीतिको उल्लंघन बताएको छ र ताइवानको हवाई मार्गमाथि उडान भरेको थियो । त्यतिबेला अमेरिकाले चीनले ताइवानमाथि हमला गर्न सक्छ भनेर चिन्ता व्यक्त गरेको थियो । यस्तै अमेरिकाले कम्प्युटर चिप टोक्नोलोजीमा पहुँच रोकेको छ जसले चीनको निर्यातमुखी अर्थतन्त्रलाई चोट पुर्याएको छ ।
यो बैठकमा अमेरिकाको एसियाली सहयोगी भारत, जापान र अष्ट्रेलियाले पनि निगरानी गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेपालको लगातार दोस्रो जित, नेदरल्याण्ड्स ६ विकेटले पराजित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु