प्रचण्डलाई गोरखाली जनाताले पाउनु गौरवको कुरा हो : पाण्डे
शुक्रबार, २५ कात्तिक २०७९, १६ : ०७
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गोरखा प्रतिनिधिसभा–२ अन्तर्गतको प्रदेशसभा–२ का उम्मेदवार सुरेन्द्रराज पाण्डेले प्रचण्ड गोरखाले पाउनु ठूलो रुखको छहारी जस्तै भएको बताएका छन् । गोरखाको सिरान चोकको हर्मीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पाण्डे प्रचण्डले गोरखा २ बाट उम्मेदवारी दिनु गोरखाली जनताको गौरवको विषय भएको टिप्पणी गरे ।
‘नेपालीमा उखानै छ, ठूलो रुखको ओत लागे धेरै झरी पानी रोक्न सकिन्छ, छहारी पनि हुन्छ । अध्यक्ष प्रचण्ड गोरखाबाट चुनाव लड्नु ठूलो रुखको छहारीजस्तै भयो । त्यो गोरखाली जनताका लागि गौरवको विषय हो’ पाण्डेले भने । प्रचण्डलाई गोरखाबाट निर्वाचित गराएमा गोरखा मात्रै नभएर देशकै मुहार फेरिन सक्ने पाण्डेले बताए । गोरखाबाट प्रचण्डले जित्नु नै नेपाली जनताको जित हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण