पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा
पाकिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार आफ्नो टोली घोषणा गरेका हुन् । मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय टोली नोभेम्बर १३ मा नेपाल आउनेछ । मैत्रीपूर्ण खेल नोभेम्बर १६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
एन्फाले खेलको टिकट मूल्य सामान्य प्यारापिटको लागि ५०० र भिआइपी प्यारापिटको लागि एक हजार तोकिएको छ । एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुन बीचको विश्वकप खेलको टिकट पनि जित्नेछ ।
नेपाली टोली :
गोलकिपर : विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का
मिडफिल्डर : तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जेउ ठकुरी, पुजन उपरकोटी, अरिक विष्ट, आभास लामिछाने
फरवार्ड : अन्जन विष्ट, विमल घर्ती मगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनील बल, रितिक खड्का, सुजल श्रेष्ठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण