मनिषा कोइरालाले मागिन् राप्रपालाई भोट
बलिउड अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई भोट दिन आग्रह गरेकी छन् । शुक्रबार पोखरामा आयोजित राप्रपाको चुनावी अभियानलाई सम्बोधन गर्दै उनले राप्रपालाई भोट दिन अपिल गरेकी हुन् । उनले भनिन्, ‘ढोकामा मौका आएको छ, यो मौकालाई हामीले खेर जान दिनु हुँदैन । त्यसैले म चाहन्छु, तपाईंहरुले राप्रपालाई धेरै भन्दा धेरै मत दिनुहोस् र जिताउनुहोस् ।’
उनले बीपीलाई नेपालका सबै नेताले बिर्सिसकेको भएपनि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नबिर्सिएको सुनाइन् । राप्रपाको घोषणापत्र र भ्रष्टाचार विरुद्धको भाषण आफूलाई मन परेको पनि उनले बताइन् । ‘गाउँमा नेता देखे जनताले चोर आयो भन्छन् जस्ता अभिव्यक्तिले राजेन्द्र लिङ्देन मलाई मन पर्न थाल्यो,’ उनले भनिन्, ‘मलाई असाध्यै मन पर्यो ।’
लिङदेनले भ्रष्टाचार भनेको आमाको रगत खाने जस्तो भएको भाषण आफू प्रभावित भएको पनि उनले सुनाइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण