जनताको जीवनस्तर बदल्ने संकल्प गठबन्धनको छः खाँण
गृहमन्त्री एवम् नेपाली काँग्रेसका रुपन्देही क्षेत्र नम्बर ३ का प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण खाँणले सत्तारुढ गठबन्धनलाई साथ दिनु आम मतदाताको दायित्व भएको बताएका छन् ।
सत्तारुढ गठबन्धनले जनताको जीवनस्तर बदल्ने संकल्प लिएकाले सोही गठबन्धनलाई आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आम मतदाताले साथ दिनुपर्ने उनको भनाइ थियो । शुक्रबार भैरहवामा आयोजित नेपाल महिला संघको रुपन्देही भेलामा बोल्दै उनले पाँच दलीय गठबन्धन आगामी निर्वाचनमा विजयी भए मुलुकमा आर्थिक क्रान्तिको सुरुवात हुने आश्वासन समेत दिए । गृहमन्त्री खाँणले मुलुकमा ठूल्ठूला राजनीतिक परिवर्तन अहिले सत्तामा रहेका दलहरुको नेतृत्वमा सम्भव भएकाले मुलुकको आर्थिक क्रान्ति पनि सोही दलहरुको नेतृत्व सम्भव हुने तर्क समेत गरे ।
गृहमन्त्री खाँणले पाँच दलीय गठबन्धनकै नेतृत्वमा मुलुकमा गरिवी हट्ने र रोजगारीको अवसर उपलब्ध गराउन सकिने जिकीर पनि गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडितसँग वार्ता गर्न निजगढ पुगे गृहमन्त्री (तस्बिरहरू)
-
दुःख दिइरहेको राजदुवाली, विकल्प अझै बनेन
-
बाख्रा चराउन गएका पुरुषको भेरी नदीमा शव भेटियो
-
शून्य समयमा रास्वपा सांसद उठिन मात्रै, बोलिनन्
-
अमेरिकी प्रतिबन्ध भएपनि इरानको तेल निर्यात नरोकिएको रहेको दाबी
-
नायिका काजल कर्णमाथि भएको जातीय विभेद र अपमानबारे सदनमा उठ्यो प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण