रुपन्देही ५ मा सुकुम्बासी समस्या समाधान गर्नेछु : शाह
रुपन्देही क्षेत्र नं.५ का पाँच दलीय गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नेपाली कांग्रेसका नेता भरतकुमार शाहले पाँचदलीय गठबन्धनको जीतलाई कसैले रोक्न नसक्ने बताएका छन् । शाहले रुपन्देहीको ५ नम्बर क्षेत्रमा आफुले दिनरात नभनी गरेका विकास निर्माणका काम देखेर मतदाता आफूप्रति आकर्षित भएको बताउँदै यो निर्वाचनबाट आफूमात्र नभइ गठबन्धनका सबै उम्मेदवार विजयी हुने ठोकुवा गरे ।
क्षेत्र नं. ५ को कञ्चन गाउँपालिकाको शान्ति बजार र गैडहवा गाउँपालिकाको साँडी लगायतका क्षेत्रमा शनिबार आयोजित चुनावी सभाहरूलाई सम्बोधन गर्दै कांग्रेसका उम्मेदवार शाहले मंसिर ४ गतेपछि बन्ने सरकारले सुकुम्वासी समस्या समाधान गर्ने बताए ।
रुपन्देहीको पिछडिएको क्षेत्रका रुपमा रहेको सूर्यपुरा, हसनापुर, गजेडी, धुसुवालगायत क्षेत्रका स्थानीयले शाहलाई चुनाव जितेर यो ठाउँको थप विकास गर्न अनुराध गरे । नेता शाहले आफूले गरेको विकास देखेर नै जनताले आफूलाई मतदान गर्ने बताउँदै क्षेत्र नं. ५ का १ र २ बाट उम्मेदवार बनेका गठबन्धनबाट माओवादीका विनोद पहाडी र कांग्रेसका फकरुद्दीन खानलाई विजयी बनाउने अठोट व्यक्त गरे ।
आफ्नै नेतृत्वमा कलौनीदेखि लुम्बिनी जोड्ने सडक निर्माण सम्पन्न भएको, फायरलाईनदेखि रुद्रपुर हुँदै लुम्बिनीसम्म जोड्ने सडक निर्माण भएको शाहले बताए । कलौनीदेखि बयरकट्टी हुँदै दक्षिण क्षेत्रलाई जोड्ने सडक पनि आफ्नै पहलमा निर्माण गरिएको शाहको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
-
स्ट्रेट अफ होर्मुजमा दुई ट्यांकरलाई निशाना बनाएको इरानको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण