सुदूरपश्चिममा भूकम्पको डर, प्रहरीद्वारा घर बाहिर बस्न ‘माइकिङ’

खप्तडछान्ना गाउँपालिका–६ पाटादेवलमा केन्द्र भएर शनिबार साँझ पुनः भूकम्प गएपछि नेपाल प्रहरीले स्थानीयवासीलाई घर बाहिर बस्न ‘माइकिङ’ गरेको छ ।
पाटादेवल प्रहरी चौकीका सहायक प्रहरी निरीक्षक रामबहादुर बमका अनुसार गत मङ्गलबार मध्यराति आएको भूकम्पले स्थानीयका घर चर्किएपछि स्थानीयलाई बाहिर बस्न माइकिङ गरेको हो । “मङ्गलबार राति आएको भूकम्पले चर्किएका घर शनिबारको भूकम्पले थप चर्किएपछि भित्र बस्न जोखिम भन्दै माइकिङ गरिरहेका छौँ”, उनले भने । उनका अनुसार पाटादेवल, राजकोट, तिउने, पुजारीगाउँमा घरबाहिर आगो ताप्दै बसेका थिए ।
खप्तडछान्ना–५ मा पनि स्थानीय आगो ताप्दै बाहिर बसेका छन् । मङ्गलबारको भूकम्पमा चर्किएका घर थप चर्किएपछि स्थानीयवासी चिन्तित भएको स्थानीय कुलप्रसाद जोशीले बताए।
जिल्ला सदरमुकाम चैनपुरवासी सुदूरपश्चिमाञ्चल बोर्डिङ स्कुलको चौरमा रात बिताएका छन् । घटनाबारे जानकारी आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीतिले किन आफूलाई महसुस गरिन् अपराधी ?
-
प्रतिपक्षको जवाफ कामले दिनुपर्नेमा सत्तापक्षले मुख धेरै चलायो : वर्षमान पुन
-
लोकसेवा र मुख्यसचिवको फरक–फरक धारणाले गिजोलियो कर्मचारी विधेयक
-
‘सगरमाथा संवाद’ कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठेको छ : प्रभु साह
-
महिमानसिंह विष्टलाई थप २ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
रवीन्द्र मिश्रलाई सर्वोच्चमा हाजिर गराइयाे, शुक्रबार पेसी