मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नरैनापुरलाई ग्रामीण सहरका रुपमा विकास गर्ने प्रतिबद्धता

आइतबार, २७ कात्तिक २०७९, १० : ५३
आइतबार, २७ कात्तिक २०७९

बाँके क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले बाँकेको नरैनापुरलाई ग्रामीण सहरका रुपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार अथकले आगामी ५ वर्ष भित्र नरैनापुरको मुहार फेरीने बताउँदै जिल्लाको नयाँ सहरका रुपमा नरैनापुरलाई विकास गरिने बताए । 

गठबन्धनका तर्फबाट नरैनापुर गाँउपालिकामा आयोजित चुनावी सभामा बोल्दै माओवादी केन्द्रका स्थाई समिती सदस्य समेत रहेका मन्त्री अथकले आफ्नो पहिलो कार्यकालमा नरैनापुरमा बिकासको जग तयार गरिएकाले आगामी पाँच वर्ष विकासको वर्ष हुने जिकीर गरे । उनले बिगतमा दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा बिजुली, सडक पूर्वाधार, नदि नियन्त्रण, विद्यालय, खानेपानी लगायतका पूर्वाधारहरु निर्माण गरिएको भन्दै अव कृषि, पर्यटन र रोजगारमा जोड दिइने बताए । उनले नरैनापुमा छोटी भन्सार, इलाका प्रशासन, नापि तथा मालपोतका शाखा कार्यलय स्थपनामा पनि जोड दिइने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप