रुस र टर्कीबीच वार्ताको प्रयास भइरहेको छ : टर्कीस् राष्ट्रपति
टर्कीस् राष्ट्रपति रिसेप तैयब एर्डोगानले रुस र युक्रेनका बीचमा वार्ताको प्रयास भइरहेको जानकारी दिएका छन् । उनले टर्कीले दुई देशबीच शान्ति वार्ताको प्रयास जारी नै राखेको तर अमेरिकाले रुसको कडा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको बताएका हुन् ।
टर्कीस् राष्ट्रपति एर्डोगानले पछिल्लो समयमा अमेरिकाले रुसको अनावश्यक रुपमा विरोध गरेका कारण वार्ता सुरु हुन नसकेको आरोप समेत लगाएको समाचारमा जनाइएको छ ।
उज्बेकिस्तानबाट टर्की आउने क्रममा उनले सम्वाददाताहरुसँग यस्तो कुरा बताएका हुन् । टर्कीस् राष्ट्रपति एर्डोगानले टर्कीले रुस र युक्रेनका बीचमा शान्ति वार्ताको ढोका खोल्न खोजेकाले यस कार्यमा पश्चिमा देशहरूले पनि आवश्यक मात्रामा सहयोग गर्नुपर्ने बताएका हुन् ।
उता युक्रेनले भने रुसी सेना फिर्ता गरेपछि मात्र रुससँग वार्ता गर्ने जनाएको छ । युक्रेनले पहिलेदेखि राख्दै आएको यो अडान गत हप्ता पनि दोहोर्याएको थियो । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलिन्स्किीका सल्लाहकार मिखाइलो पोदोलियाकले गत हप्तामात्र सो धारणा राखेको युक्रेनी मिडियाले जनाएका थिए ।
हाल रुसले युक्रेनमा एक प्रकारको युद्धविराम जस्तो गरेको र त्यो युद्धविरामको अवस्था उसले आफ्नो शक्ति थप सञ्चय गर्ने काममा पनि दुरुपयोग गर्न सक्ने धारणा युक्रेनको रहेको छ । युक्रेनले वार्ताका बारेमा भने केही बताएको छैन । युक्रेनको विषयलाई लिएर अहिले रुस र कुनै पनि पश्चिमा देशसँग छलफल र निर्णय नभएको पनि युक्रेनले केही दिन अघि स्पष्ट गरेको थियो ।
गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेको थियो । त्यसपछि मार्च २९ मा टर्कीको इस्तानबुल सहरमा रुस र युक्रेनकाबीचमा प्रत्यक्ष वार्ता भएको थियो । त्यसयता यी दुई देश बीचमा प्रत्यक्ष रुपमा वार्ता हुन सकेको छैन । त्यसैले आफ्नो मध्यस्थतामा यी दुई देशका बीचमा वार्ता गराउने प्रयासमा टर्की रहेको टर्कीस् राष्ट्रपति एर्डोगानले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ६ नेता किन भेला भए गोपालमान निवास कालिमाटीमा ?
-
स्कुटर दुर्घटनामा चालकको मृत्यु
-
करेन्ट लागेर मृत्यु भएका उज्ज्वलको घरमा गाउँलेले हालिदिए छानो
-
सिरहाबाट ठूलो परिमाणमा नगदसहित पाँच जना पक्राउ
-
सङ्खुवासभाका सुरक्षा प्रमुख र चिनियाँ प्रतिनिधिबीच उत्तरी क्षेत्र किमाथाङ्कामा भेटवार्ता
-
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा