बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : भोट नपाउन्जेल नेता

आइतबार, २७ कात्तिक २०७९, १६ : ०६
आइतबार, २७ कात्तिक २०७९

भोट नपाउन्जेल नेता
तिमीकहाँ धाउँछ
भोट पाएपछि 
आफूमात्रै कमाउँछ
तै पनि तिमी किन जिताउँछौ
जिताएपछि रूँदै किन पछुताउछौ ?

खानेपानी धारा कुरी 
घैलामै ओसार्नुपर्ने हुन्छ
खाल्डा खुल्डीमा पानी 
उछिट्याउदै सडक रून्छ
खै आयो, कहाँ गयो
तिम्रो खानेपानी
जतिचोटि भोट हालेपनि
बुझेनौ नेताको बानी 
अस्पतालको बेहाल छ
जब तिम्रो घाउ चह्र्याउँछ
भोट नपाउन्जेल नेता
तिमीकहाँ धाउँछ ।

खै गुणस्तरीय शिक्षा
उच्च शिक्षा पढ्न विदेशै जानुपर्ने
थन्क्यो सुक्यो उद्योगधन्धा
पेट भर्न विदेशै जानुपर्ने
खै के भो त्यो रोजगारी 
न त कृषिकै भर छ
मल पनि नदिने नेतालाई
किन भोट दिनु पर्छ ?
आफ्नैमात्र विकास गरी
पाँच पाँच वर्षमा आउँछ

भोट नपाउन्जेल नेता
तिमीकहाँ धाउँछ ।
भोट पाएपछि 
आफूमात्रै कमाउँछ
तै पनि तिमी किन जिताउँछौ
जिताएपछि रूँदै किन पछुताउँछौ ?

 लस एन्जेलस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राकेश कार्की
राकेश कार्की
लेखकबाट थप