कविता : भोट नपाउन्जेल नेता
आइतबार, २७ कात्तिक २०७९, १६ : ०६
भोट नपाउन्जेल नेता
तिमीकहाँ धाउँछ
भोट पाएपछि
आफूमात्रै कमाउँछ
तै पनि तिमी किन जिताउँछौ
जिताएपछि रूँदै किन पछुताउछौ ?
खानेपानी धारा कुरी
घैलामै ओसार्नुपर्ने हुन्छ
खाल्डा खुल्डीमा पानी
उछिट्याउदै सडक रून्छ
खै आयो, कहाँ गयो
तिम्रो खानेपानी
जतिचोटि भोट हालेपनि
बुझेनौ नेताको बानी
अस्पतालको बेहाल छ
जब तिम्रो घाउ चह्र्याउँछ
भोट नपाउन्जेल नेता
तिमीकहाँ धाउँछ ।
खै गुणस्तरीय शिक्षा
उच्च शिक्षा पढ्न विदेशै जानुपर्ने
थन्क्यो सुक्यो उद्योगधन्धा
पेट भर्न विदेशै जानुपर्ने
खै के भो त्यो रोजगारी
न त कृषिकै भर छ
मल पनि नदिने नेतालाई
किन भोट दिनु पर्छ ?
आफ्नैमात्र विकास गरी
पाँच पाँच वर्षमा आउँछ
भोट नपाउन्जेल नेता
तिमीकहाँ धाउँछ ।
भोट पाएपछि
आफूमात्रै कमाउँछ
तै पनि तिमी किन जिताउँछौ
जिताएपछि रूँदै किन पछुताउँछौ ?
लस एन्जेलस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण