इङ्ल्यान्डले दोस्रो पटक जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि
इङ्ल्यान्डले आईसीसी टी–ट्वान्टी विश्वकपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इङ्ल्यान्डले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । पाकिस्तानले दिएको १३८ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले १९ ओभर मा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।
इङ्ल्यान्डले यसअघि सन् २०१० मा विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्डका लागि वेन स्टोक्सले अर्धशतकीय पारी खेल । उनले ५२ रनको योगदान गरे । त्यस्तै जोस बट्लरले २६ रन बनाउँदा मोहिन अलीले १९ रन बनाए । हेरी ब्रोकले २० रन बनाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएको थियो ।
पाकिस्तानका लागि सान मक्सोदले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै कप्तान बाबर आजमले ३२ रन बनाउँदा सादब खानले २० रनको योगदान गरे । इङ्ल्यान्डका लगि श्याम करनले तीन विकेट लिए । त्यस्तै आदिल राशिद र क्रिस जोर्डानले दुई–दुई विकेट लिए । त्यस्तै वेन स्टोकले एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४४ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान
-
लोकतन्त्र, समाजवाद र नेपालको भविष्य
-
करातेमा कोशी प्रदेशको दबदबा, ३ स्वर्णसहित बन्यो च्याम्पियन
-
रिलिज अगाडि नै उठ्यो ‘ककटेल २’ को आधा लगानी
-
एकता भएको ७ महिनामा पनि नेकपाको केन्द्रीय कार्य समितिले पाएन पूर्णता
-
नयाँ बजेटले गाडीको मूल्य बढाउने नाडाको निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण