आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

निर्वाचन सुरक्षा हेर्न मुख्य सचिवसहितको टोली कर्णालीमा

सोमबार, २८ कात्तिक २०७९, ०६ : ३७
सोमबार, २८ कात्तिक २०७९

निर्वाचन सुरक्षा बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागी सहितको सचिव स्तरको टोली कर्णालीमा पुगेको छ ।निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधु कुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकोप्टरमा जुम्ला पुगेको हो ।

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको विषयमा जिल्ला सुरक्षा समिति सँग छलफल तथा आवश्यक निर्देशन समेत गरेको छ । उनका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र  जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सकिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर वाहिनीका वाहिनी पति राजेन्द्र केसीले साबिक कर्णालीको ५ जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा प्रस्तुति गरे भने जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा जानकारी गराएका थिए ।

नेपाल सरकारको उक्त उच्च स्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका विषयमा आवश्यक निर्देशन समेत गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मुख्य सचिव वैरागीले अहिले सरकारको लक्ष्य नजिकिदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासनसहित सबै सुरक्षा निकायका प्रमुखहरू समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गरेका छन् । नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिवसहितको उच्च स्तरको टोली जुम्ला, हुम्ला हुँदै  मुगु बस्ने तालिका रहेको छ । सोमवार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिम तिर लाग्ने तालिका छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप