निर्वाचन सुरक्षा हेर्न मुख्य सचिवसहितको टोली कर्णालीमा
निर्वाचन सुरक्षा बुझ्नका लागि मुख्य सचिव शंकरदास वैरागी सहितको सचिव स्तरको टोली कर्णालीमा पुगेको छ ।निर्वाचन अनुगमन तथा सुरक्षाको व्यवस्थाको अवस्था बुझ्न मुख्य सचिव वैरागी, गृह सचिव विनोद प्रकाश सिंह, रक्षा सचिव किरणराज शर्मा र प्रधानमन्त्री कार्यालयका सचिव मधु कुमार मरासैनी, नेपाली सेनाका उपरथी अशोकराज सिग्देलसहितको टोली कर्णालीमा नेपाली सेनाको हेलिकोप्टरमा जुम्ला पुगेको हो ।
प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केसरीले सचिवहरूको टोलीले जुम्लामा निर्वाचन र सुरक्षाको तयारीको विषयमा जिल्ला सुरक्षा समिति सँग छलफल तथा आवश्यक निर्देशन समेत गरेको छ । उनका अनुसार नेपाली सेनाको २४ नम्बर बाहिनी जुम्लामा कर्णाली र जिल्लाको निर्वाचन तयारी तथा सुरक्षाको विषयमा छलफल सकिएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार छलफलमा नेपाली सेनाको २४ नम्बर वाहिनीका वाहिनी पति राजेन्द्र केसीले साबिक कर्णालीको ५ जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा प्रस्तुति गरे भने जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले जुम्ला जिल्लाको सुरक्षा अवस्था र तयारीको विषयमा जानकारी गराएका थिए ।
नेपाल सरकारको उक्त उच्च स्तरको सरकारी टोलीले निर्वाचन र सुरक्षाका विषयमा आवश्यक निर्देशन समेत गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । मुख्य सचिव वैरागीले अहिले सरकारको लक्ष्य नजिकिदै गरेको निर्वाचन भएकाले जिल्लामा स्थानीय प्रशासनसहित सबै सुरक्षा निकायका प्रमुखहरू समन्वय सहकार्य गरेर अगाडि बढ्न निर्देशन गरेका छन् । नेपाली सेना नन्दाबक्स गणका गणपति रविन थापाका अनुसार मुख्य सचिवसहितको उच्च स्तरको टोली जुम्ला, हुम्ला हुँदै मुगु बस्ने तालिका रहेको छ । सोमवार उक्त टोली निर्वाचनको अनुगमन गर्न सुदूरपश्चिम तिर लाग्ने तालिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण