चुनाव जितेर मुख लुकाउने नेतालाई भोट नदिनुहोस् : गैरे
आसन्न मङ्सिर ४ गतेको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं एमाले नेता ठाकुर गैरेले नागरिकका समस्या सरल र सहज ढंगले छिटो सम्पादन गर्ने जनप्रतिनिधि जनताले खोजेको बताएका छन् । विगतका उम्मेदवारले चुनाव जितेपछि जनतालाई पाँच वर्ष मुख पनि नदेखाएको जन गुनासो आएको उनले बताए । चुनाव जितेर पाँच वर्ष जनतासामु मुहार नदेखाउनेलाई भोट नदिन उनले मतदातालाई आग्रह गरे । आफूले पनि त्यस्तो गरे आइन्दा भोट नहाल्न उनको आग्रह थियो ।
एमाले पोलिटब्यूरो सदस्य समेत रहेका नेता गैरेले नागरिकले पाउनुपर्ने सेवा सर्वसुलभ र झन्झटमुक्त बनाउन जनप्रतिनिधि जनताप्रति निष्ठावान् बन्नुपर्ने उल्लेख गरे । माथागढी गाउँपालिका वडा नं. १ चिदीपानीको घरदैलोका क्रममा नेता गैरेले आफ्नो क्षेत्रभित्रका स्रोतसाधन, खानी र वनजङ्गल, पानीको मुहान, तालतलैया, धार्मिक स्थानलगायतका महत्त्वपूर्ण संरचना र स्रोतलाई प्राथमिकतामा राखी विकास योजना बनाएको बताए । एमाले उम्मेदवार गैरेले चिदीपानीका सार्वजनिक स्थलको संरक्षण गर्दै पार्क निर्माण, मठमन्दिर, पाटी, चौतारा, पुस्तकालय, खेलकुद मैदान जस्ता स्थल निर्माणमा जोड दिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण