दीपकराज गिरीले भने– ‘उचाई’ भारतबाट नेपालको विषयमा बनेको सबैभन्दा राम्रो फिल्म
बलिउड फिल्म ‘उचाई’ शुक्रबारदेखि नेपालमा पनि रिलिज भएको छ । नेपालमा समेत छायांकन भएको फिल्मले आफ्नो विषयवस्तु नेपालको सान सर्वाेच्च शिखर सगरमाथा समेत बनाइएको छ । फिल्म ‘उचाई’ मा रहेको नेपाल र सगरमाथाको विषयमा बोलिएका मन छुने सम्वादले धेरैको मन छुन सफल भएको छ ।
अभिनेता दीपकराज गिरीले पनि फिल्म ‘उचाई’ भित्र रहेका नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरू आँखा रसाएको बताएका छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै ‘उचाई’ भारतबाट नेपालको विषयमा बनेको सबै भन्दा राम्रो चलचित्र भएको भन्दै तारिफ गरेका छन् ।
उनले लेखेका छन्, ‘चलचित्र ‘उचाई’ । चलचित्र हेरिरहँदा नेपाल र सगरमाथाका बारेमा बोलिएको मन छुने संवादहरूले आँखा त्यसै रसाएर आउँछ । भारतबाट नेपालको विषयमा बनाएको सम्भवतः सबैभन्दा राम्रो चलचित्र । समय मिल्छ भने हामीले पनि हेरेर साथ दियौ ...जय नेपाल ।’
सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो फिल्ममा अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण