मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज पेसी
चुनावको मतगणना पश्चात् मतपत्र नजलाउन माग गर्दै दायर रिटमा आज सर्वोच्च अदालतमा पेसी तोकिएको छ । मतपत्रसहित सरकारी कागजात जलाउँदा वातावरणलाई प्रतिकूल असर गर्ने र यो कार्य संविधानको प्रावधानविरुद्ध रहेको भन्दै कानुनका विद्यार्थीहरू ऋतिक यादव र रितेश पन्थीले सोमबार रिट दायर गरेका थिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरिएको रिटको पेसी आजका लागि तोकिएको हो । निर्वाचन आयोगले मुद्दा पर्ने अवधि नाघेपछि छाप लगाइएका मतपत्रलाई जनक शिक्षा सामग्री केन्द्रमा सरकारी कागजात धुल्याउने नियमहरु, २०२७ अनुसार धुल्याउँछ । उक्त नियमको २(ख) ले धुल्याउनुलाई आगोमा डढाउने कार्य भनी परिभाषित गरेको छ।
यसले संविधानले परिकल्पना गरेको मानवअधिकार, धारा १६ को सम्मान पूर्वक बाँच्न पाउने हक, धारा ३० को स्वच्छ वातावरणमा बाँच्न पाउने हक तथा स्वास्थ्यसम्बन्धी हकहरू निष्प्रभावी बन्न पुगेको दाबीसहित रिट दायर भएको हो ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित घोषणा
-
सरकारका १०० दिन : भूमि व्यवस्था मन्त्रालयद्वारा ४८ वटा उपलब्धि हासिल
-
राष्ट्रलाई व्यवस्थित र सुरक्षित अभिलेखालय किन चाहिन्छ?
-
फेवातालको बिचमा अलपत्र परेकी युवतीको उद्धार
-
सरकारबारे बजेटपछि छलफल गर्न कांग्रेस महामन्त्री घिमिरेको निर्देशन
-
विश्वकपमा व्यक्तिगत चमक, तर उपाधिबाट वञ्चित महान् खेलाडीहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण