प्रधानमन्त्री देउवा आज गृह जिल्ला डडेलधुरा आउँदै
बुधबार, ३० कात्तिक २०७९, ०७ : १५

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा आउने भएका छन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र आउन लागेका हुन् ।
देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिममा रहेका छन् ।
देउवा यसअघि पनि चुनावीसभामा सहभागी हुन गृहजिल्ला आएका थिए । त्यसक्रममा उनले चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।
देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी नवलपरासीको विनयी खोलामा फसेका २७ जनाको उद्धार, खोलाले बगायो बस
-
हिज्बुल्लाहले भन्यो– इजरायल र अमेरिका विरुद्धको लडाईंमा इरानको साथमा छौँ
-
जेलेन्स्कीसँगको सम्झौतामा पुटिनलाई शंका
-
मनसुनको प्रभाव : बाढी-पहिरोको कारण अवरुद्ध छन् यी राजमार्ग
-
शिव परियारको नयाँ गीत ‘अजम्बरी माया’ सार्वजनिक
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?