महापुरुष हेर्न पुगेका राजेश हमाललाई प्रदीपले राखे नयाँ प्रस्ताव
पछिल्लो समयका सफल निर्देशक हुन् प्रदीप भट्टराई । ‘जात्रा’ बाट फिल्म निर्देशनमा होमिएका प्रदीपका ‘शत्रु गते’, ‘जात्रै जात्रा’ समेत हिट मानिन्छ । उनीद्वारा निर्देशित चौथो फिल्म ‘महापुरुष’ अहिले चौथो सातामा प्रदर्शनरत छ । फिल्मले नाफा कमाउन सफल भइसकेको छ ।
‘महापुरुष’ ले राम्रो व्यवसाय गरिरहँदा प्रदीप भने ‘जात्रा’ को तेस्रो सिक्वेल ‘महाजात्रा’ को तयारीमा छन् । जसका लागि उनले अभिनेता राजेश हमाल लिएर काम गर्ने इच्छा राखेका छन् । सोमबार फिल्म ‘महापुरुष’ हेर्न पुगेका हमाल समक्ष प्रदीपले यहि इच्छा राखेका थिए ।
‘राजेश दाईसँग फिल्म गर्ने रहर कसलाई छैन होला र ? दाईलाई चुनौतीपूर्ण भूमिकामा हामीले सोचिरहेका पनि छौं’ प्रदीपले भनेका थिए– ‘दाईले मानिदिनुभयो भने त्यो अबकै प्रोजेक्टमा पनि हुनसक्छ ।’ प्रदीपको कुरामा हमालले भने आफूलाई सुहाउँदो भूमिका भए काम गर्न तयार रहेको बताए ।
प्रदीप राजेशको पनि मनपर्ने निर्देशक हुन् । त्यसैले पनि उनी प्रदीप निर्देशित ‘महापुरुष’ हेर्न हलमै पुगेका हुन् । ‘महापुरुष’ ले पनि हमालको मन जितेको छ । प्रदीपको ‘महाजात्रा’का लागि अभिनेता विपिन कार्की फाइनल जस्तै छन् । अन्य कलाकार भने छनौटको क्रममा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण