मोरङको सुन्दरहरैँचामा सत्ता गठबन्धनको चुनावी सभा, सम्बोधनका लागि पुगे प्रचण्ड
बुधबार, ३० कात्तिक २०७९, १२ : ३२
निर्वाचन आयोगले चुनावी प्रचारप्रसारको लागि दिएको समय एक दिन मात्र बाँकी रहेको अवस्थामा राजनीतिक दलहरुले चुनावी सभालाई तीव्रता दिइरहेका छन् । यसै क्रममा सत्ता गठबन्धनले आज देशका विभिन्न स्थानमा चुनावी सभाको आयोजना गरेको छ । मोरङको सुन्दरहरैँचामा आयोजित चुनावी सभालाई सम्बोधन गर्न प्रचण्ड त्यहाँ पुगिसकेका छन् ।
मोरङ ६ को सुन्दरहरैंचा ७ को गछियामा आयोजित चुनावी सभालाई प्रचण्डसँगै काँग्रेस नेता शेखर कोइराला, प्रवक्ता डा प्रकाशशरण महतलगायतले सम्बोधन गर्नेछन् ।
मोरङ ६ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता शेखर कोइराला उम्मेदवार छन् भने प्रदेशबाट माओवादी केन्द्रको तर्फबाट जीवन आचार्य उम्मेदवार रहेका छन् ।
प्रचण्डले आजै ताप्लेजुङ र खोटाङमा आयोजना गरिने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण