प्रतिनिधिसभाका लागि ललितपुरमा २५ स्वतन्त्र उम्मेदवार
प्रतिनिधिसभा सदस्यका लागि ललितपुरमा २५ जनाको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । जिल्ला निर्वाचन कार्यालय ललितपुरको तथ्याङ्कअनुसार ललितपुर क्षेत्र नं १ मा १० जनाले, क्षेत्र नं २ मा आठ जनाले र क्षेत्र नं ३ मा सात जनाको स्वतन्त्र उम्मेदवारी परेको छ ।
ललितपुर निर्वाचन क्षेत्र नं १ मा कृष्णकाजी महर्जन, शैलेन्द्र विष्ट, गोकुल तिमल्सिना, भूपेन्द्र सिलवाल, विशाल तामाङ, नवराज घिमिरे, फूलमाया लो, राजकुमार तिमल्सिना, सुमन भुम्जन र गोविन्द घिमिरे केसीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै ललितपुर क्षेत्र नं २ मा राधिका सुवेदी, निरजभक्त माथेमा, हेराकाजी अवाले, विकास शाक्य, सरिना लाखे (श्रेष्ठ), दीपेशकुमार केसी, ऋषिराज भेटवाल र सञ्जिव चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर क्षेत्र नं ३ मा सञ्जय महर्जन, जेसनदेव वैद्य, विष्णु महर्जन, चिरन थापा, कृष्णभक्त ब्रह्मचार्य, राधेश्याम खड्का र रघुनाथ केसीले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
यस जिल्लामा एक लाख २२ हजार दुई सय ७४ पुरुष र एक लाख २८ हजार एक सय ३५ महिला गरी कूल दुई लाख ५० हजार चार सय १० मतदाता रहेका छन् । जिल्लाभर दुई सय ९० मतदान केन्द्र रहने निर्वाचन आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण