मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

देशमा काम गर्ने नेतृत्व आवश्यक छ : कांग्रेस प्रवक्ता

बुधबार, ३० कात्तिक २०७९, २२ : ५८
बुधबार, ३० कात्तिक २०७९

नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले नेपालमा कुरा मात्र गर्ने नभएर देशमा काम गर्ने नेतृत्वको आवश्यकता रहेको बताएका छन् । भोजपुरको पूर्वी तिवारी भञ्ज्याङमा आयोजित गठबन्धन दलको चुनावीसभालाई सम्बोधन गर्दै पूर्वपरराष्ट्र मन्त्री समेत रहेका डा.महतले देशको दिगो विकासका लागि कुराभन्दा काम गर्ने नेतृत्व आवश्यक रहको बताएका हुन् । 

डा.महतले गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितताका लागि अब कुरा गर्ने मात्र नभएर काम गर्नका लागि यो गठबन्धन बनेको भन्दै अबको पाँच वर्षमा अवरुद्ध विकासको गतिलाई अझ तीव्रता दिइने बताए  । समग्र भोजपुरको विकासका लागि मङ्सिर ४ को निर्वाचनमा लोकतान्त्रिक–वामगठवन्धनका उम्मेदवारहरूलाई जिताउनुको विकल्प नरहेको समेत डा.महतले बताए ।

लोकतन्त्र र कानुनी शासनमा विश्वास गर्ने सरकारको आवश्यकता रहेको भन्दै उनले भने, “लोकतन्त्र र कानुनी शासनमा विश्वास गर्ने सरकार आयो भने देशमा लगानी बढ्छ, उद्योग व्यवसाय रोजगारी सगँसगै पूर्वाधारहरूको विकास हुन्छ, यी सबै पूरा गर्नका लागि गठबन्धनलाई जिताउनुपर्छ ।”

डा.महतले भोजपुरमा आफ्नो उम्मेदवार भएन भनेर चित्त नदुखाउन आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सबैले जित्ने वातावरण बनाउनुपर्ने बताए । “हाम्रा साथीहरूलाई यहाँ हाम्रो उम्मेदवार छैन भन्ने लागेको होला, अन्य ठाउँमा हाम्रा उम्मेदवारहरू भएकाले एक अर्काले सहयोग गरेर गठबन्धनलाई जिताउँदा मङ्सिर ४ पछि लोकतान्त्रिक–वाम गठबन्धनको बहुमत आउने छ”, कांग्रेस प्रवक्ता डा महतले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप