‘केटी को’मा नेपाली दर्शक नाच्दा अनुपम खेर खुशी
सुरज बडजात्याको निर्देशनमा बनेको मल्टीस्टारर फिल्म ‘उचाइ’ यतिबेला भारतसँगै नेपालमा पनि प्रदर्शन भइरहेको छ । अमिताभ बच्चन, बोमन ईरानी, अनुपम खेर र डेनी डोन्जोंग्पा, नीना गुप्ता, परिणिती चोपडाको प्रमुख भूमिकामा अभिनय रहेको फिल्मले नेपालमा पनि राम्रो व्यापार गरिरहेको छ ।
फिल्मले काठमाडौंको नयाँवानेश्वरस्थित वान सिनेमाजमा केही दिनअघि भीआइपी शो गरेको थियो । त्यो शोमा फिल्मको ‘केटी को’ बोलको गीतमा ढाका टोपी लगाएका दर्शक पर्दामा गीत बज्दा नाँचेका थिए । त्यसको भिडियो सामाजिक सञ्जालमा निकै रुचाइएको थियो ।
त्यही भिडियोलाई अभिनेता अनुपम खेरले आफ्नो अफिसियल ट्वीटर हेण्डलमा शेयर गरेका छन् । उनले नेपाली दर्शकप्रति आभार पनि व्यक्त गरेका छन् । यो फिल्मले नेपाल र भारतमा राम्रो व्यापार गरिरहेको छ ।
Meanwhile in cinema halls in Nepal! Jai Ho!🕺😬😍 #KetiKo #Uunchai pic.twitter.com/q8McRmzLLp
— Anupam Kher (@AnupamPKher) November 15, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण