वर्षा लेख्छिन्– ‘मौन बसे घमन्ड, केही बोले बहस’
अभिनेत्री वर्षा सिवाकोटी पछिल्लो समय मौन छिन् । केही अगाडि भुकम्पलाई ‘मिनी हृदयघात’ लेखेपछि चर्चा र आलोचना खेपेकी वर्षा त्यस अगाडि पति आशिष गलालसँग चिसिएको सम्बन्धको कारणले मिडियामा छाएकी थिइन् ।
गत दशैँअघि पति आशिषसँगका तस्बिरहरु सामाजिक सञ्जालबाट हटाएपछि पतिसँग उनको सम्बन्ध बिग्रिएको चर्चा भएको थियो । तर अहिलेसम्म यो विषयमा उनी मौन छिन् । उनको यो मौनताले बजारमा चलेको हल्लालाई थप मलजल मिलेको छ ।
विवाहको एक हप्तापछि श्रीमान्सँग अमेरिका उडेर केही महिनापछि फर्किएकी उनको इन्स्टाग्राममा विवाहको समय राखिएको श्रीमानसँगका कुनै पनि तस्बिर अहिले छैन । फेसबुक पेजमा भने केही थान विवाहका तस्विरहरु छन । नेपाल फर्किएपछि उनले श्रीमानलाई सम्झिएर कुनै स्टोरी हालेकी छैनन् ।
केही अगाडि मिडियामा वैवाहिक सम्बन्ध बिग्रिएको विषयमा छ्यापछ्याप्ती खबर छाउँदा पनि मौन बसेकी वर्षाले बिहीबार फेसबुकमार्फत आफ्नो मौनता तोडेकी छन् । उनले एक तस्बिरसहित लेखेकी छन्– ‘मौन बसे घमन्ड, केही बोले बहस ।’
उनको पोष्टले आफ्नो बारेमा आउने कुनै कुरामा मौन बस्दा घमण्डीको ट्याग लाग्ने र केही बोले बहस हुने गरेको उनको आशय हो । उनको यो पोष्टले उनलाई वैवाहिक सम्बन्धको बारेमा बोल्दा बहस हुने डर समेत लागेको अनुमान गर्न सकिन्छ । उनको यो पोष्टलाई कतिपयले मौन बस्न सुझाएका छन् भने कतिले डिभोर्सको कुरो गर्ने तिम्रो पालो भनेर कमेन्ट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण