६० वर्षमा कसैले गर्न नसकेको काम मैले ३ वर्षमा पूरा गरेँ : प्रभु साह
पूर्वमन्त्री तथा रौतहट क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार प्रभु साहले ६० वर्षमा कसैले गर्न नसकेको काम आफूले ३ वर्षमै पूरा गरेको दाबी गरेका छन् । सोही कामका आधारमा आफूलाई जनताले फेरि मत दिने उनको विश्वास छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारको अन्तिम दिन बिहीबार मौलापुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले क्षेत्र नम्बर ३ लाई समृद्ध बनाउन आफूले निर्वाह गरेको भूमिका मूल्यांकन गरेर क्षेत्रवासी जनताले आफू र आफ्नो टिमका उम्मेदवारलाई जिताउने विश्वास व्यक्त गरे ।
उनले २०७४ को निर्वाचनमा आफूलाई ५ वर्षको निमित्त संघीय सांसदका रुपमा जनताले जिम्मेवारी दिएको तर तर दलगत लडाइँका कारण ३ वर्षमै सांसद पद गुम्दा पनि आफूले छोटो अवधिमै उदाहरणीय काम गरेको दाबी गरे ।
आफू सहरी विकास मन्त्री हुँदा क्षेत्र नम्बर ३ का साथै समग्र रौतहटमा करोडौंको योजना स्वीकृत गरेको उनको भनाइ छ । १२ करोडको लागतमा जंगलसहिया धनसर रोडमा कालोपत्रे निर्माण भइरहेको, ५ करोडको लागतमा टिकुलिया, कर्कच कटहरिया सडकखण्डमा कालोपत्रे निर्माणाधीन, २० करोड लागतमा मालाही कटहरिया, सन्तपुर सडकमा कालोपत्रे निर्माण र १२ करोडको लागतमा सोही रोडमा लचका र पुल निर्माण भएको उनले सुनाए ।
त्यसैगरी ७ करोडको लागतमा कटहरिया झांझपुल सडकको कालोपत्रे टेण्डर, १२ करोडको लागतमा कटहरिया ४ र ५ मा खानेपानी योजनाको काम, एसियाली विकास बैंकको ५६ करोडको टेण्डरमा दुवै वडामा ढल तथा नाला निर्माणको काम भइरहेको उनको भनाइ छ । कटहरिया लगायत रौतहटलाई मोडलका रुपमा विकास गर्ने आफ्नो एजेन्डा रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
-
सञ्चय कोषद्वारा एक अर्ब ६९ करोड प्रवाह
-
सार्वजनिक बिदाका दिनमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण