मैले सात सङ्कल्प पुरा गरे : गहतराज
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले संसदमा निर्वाचित भएपछि सातवटा सङ्कल्प पुरा गरेको जानकारी दिएका छन् । पहिलो कार्यकालका लागि निर्वाचित हुँदा अथकले निर्वाचन क्षेत्रका जनतासँग महिनामा कम्तीमा २ पटक अन्तरक्रिया गर्ने, यसक्षेत्र विद्यालय भवनबाट टिनको छानो विस्थापन गर्ने, राप्ती सोनारी र नरैनापुरलाई सडक सञ्जालले जोड्ने तथा राप्ती सोनारी र नरैनापुरमा विद्युतीकरण गर्ने बाचा गरेका थिए ।
त्यस्तै जिल्लाको समग्र विकासको नेतृत्व लिने, बाँकेको पहुँच सिंहदरबारसम्म पुर्याउने र सिक्टा सिँचाइको काम अगाडि बढाउनुका साथै पूर्वी नहर निर्माण गरेर सिक्टाको पानी खेतमा पुर्याउने जस्ता सङ्कल्प गरेका थिए । गहतराजले आफूले गरेका यी सबै सङ्कल्प पुरा गरेको दाबी गरेका हुन् । गहतराज बाँके क्षेत्र नम्बर १ बाट वाम–लोकतान्त्रिक गठबन्धनको साझा उम्मेदवार रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
-
टोखामा ‘एकीकृत मेट्रिक ठेगाना प्रणाली’को शुभारम्भ
-
सप्तरीमा भेटिएका रोहिंग्यालाई अध्यागमन विभागले लिन मानेन, मानवसेवा आश्रम लगियो
-
अर्जेन्टिना–इङ्ग्ल्यान्डबिचको सेमिफाइनल टिकट फ्रान्स–स्पेनभन्दा दोब्बर महँगो
-
प्रतिनिधि सभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची
-
बैंकक बार आगलागीमा सुरक्षामा लापरबाही भएको आशंका, अनुसन्धान तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण