तीन दर्जनबढी सांस्कृतिक कार्यक्रम गरेर फर्कियो सांस्कृतिक संघ
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेकालाई विजय गराउने उद्देश्यले विभिन्न राष्ट्रिय कलाकारसहित नेपाल टुरमा रहेको नेपाली कांग्रेसको भातृ संस्था नेपाल सांस्कृतिक संघ बिहीबार काठमाडौंँ फर्किएको छ ।
नेपाली कांग्रेससहित गठबन्धनका उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा सघाउने र जिताउने उद्देश्यले विभिन्न सांस्कृतिक कार्यक्रमसहित गत १८ गतेबाट देश दौडाहामा निस्किएको संघ करिब तीन दर्जन जिल्लामा विभिन्न सांस्कृतिक कार्यक्रम सम्पन्न गरेर फर्किएको हो ।
नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्यसमितिको संयोजनमा नवलपरासीबाट सुरु गरेको संघले देश दौडाहा कार्यक्रम चितवन, रुपन्देही, कपिलवस्तु, दाङ, नवलपरासी, बर्दिया, स्याङ्जा, पाल्पा, अर्घाखाँची, कास्की, चितवन, मकवानपुर, बारा, सर्लाही, सुनसरी, मोरङ लगायत जिल्ला हुँदै झापामा पुगेर टुङ्ग्याएको छ ।
प्रचारमूलक, सन्देशमूलक विभिन्न गीत, नृत्य र कमेडीले भरिएको कार्यक्रमसहित विभिन्न स्थानमा पुगेको संघको टोलीमा कलाकार कविता गेलाल, गायक मदन थापा, गायिका जालुमाया गुरुङ, हास्य कलाकार शिवशंकर रिजाल लगायत आधा दर्जन कलाकर्मी सहभागी थिए । टोलीको नेतृत्व नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले गरेका थिए ।
हरेक ठाउँमा आफ्नो प्रभावकारी कार्यक्रम गर्न आफूहरू सफल भएको संघका महासचिव कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ले बताए । ‘हाम्रो सांस्कृतिक कार्यक्रमले सर्वसाधारणलाई हामी र हाम्रा उम्मेदवारप्रति आकर्षण बढाएको छ । त्यो नै हाम्रो सफलता हो’ रिजालले थपे ।
रिजालका अनुसार कार्यक्रममा कलाकार कविता गेलालले गठबन्धनको गीतमा आकर्षक नृत्य, जालुमाया गुरुङ र मदन थापाले ठाउँअनुसारका लोकगीत लगायत विभिन्न गीत र तीर्थ थापाले कविताबाट दर्शकलाई मनोरञ्जन गरेका छन् । रिजालले भने हास्य र व्यङ्ग्यले भरिएको प्रस्तुति दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण