युक्रेनमाथि भीषण हवाई हमला, पूर्वाधारमा व्यापक क्षति
रुसले युक्रेनी भौतिक पूर्वाधारमा भीषण हवाई हमला गरेको छ । हवाई आक्रमणबाट युक्रेनी ऊर्जा संरचना, आवासीय भवन र औद्योगिक केन्द्रमा व्यापक क्षति भएको छ । युक्रेनी अधिकारीहरूका अनुसार मानवरहित विमान र क्षेप्यास्त्र आक्रमणमा परी चार जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी घाइते भएका छन् ।
यसैबीच संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले ब्ल्याक सीबाट अन्न, खाद्य सामग्री र मलखादको सुरक्षित निर्यातका निम्ति भएको चार महिनाअघि भएको सहमतिको म्याद समाप्त हुनु केही दिनअघि त्यसलाई थपिएको घोषणा गरेका छन् । इस्तानबुलमा टर्कीसहित रूस र युक्रेनबीच भएको खाद्यान्न निर्यातको सम्झौतालाई कार्यान्वयन गराउन राष्ट्रसंघ पूर्ण प्रतिबद्ध रहेको बताएका छन् ।
महासचिव गुटरेसले अनाज निर्यातका निम्ति समयावधि थपिएको सम्बन्धमा गरिएको घोषणा तथा पुरानो सम्झौताको निरन्तरताबारे रुसले तत्काल केही जानकारी दिएको छैन । युक्रेन युद्ध नवौँ महिनामा प्रवेश गर्न लागेको बेला मस्कोले अत्याधुनिक क्षेप्यास्त्र आक्रमण गरेर युक्रेनभर युद्ध विभीषिका चर्काएको छ ।
किएभको सैनिक प्रशासनले दुईवटा रुसी क्षेप्यास्त्र तथा इरानमा बनेका पाँच वटा मानवरहित विमान खसालेको बताएको छ । स्थलयुद्धमा रुसी सैनिक पराजित भएपछि क्रेमलिनले युक्रेनमाथि हवाई आक्रमणलाई व्यापक बनाउँदै उसका ऊर्जा पूर्वाधार, गैरसैनिक बस्तीमा कारबाहीलाई तीव्र गतिमा अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
कर्णालीमा कचिङ्गल : एमाले अझै केन्द्र कुर्दै, नेकपा र कांग्रेस स्वायत्तताका गफ दिँदै
-
देशलाई पदक जिताउने सपना, बाधक बन्न खोज्छ समाज र राज्य
-
बाढी–पहिरोले अवरुद्ध छन् यी राजमार्ग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण