फ्राइडे रिलिजमा बलिउड फिल्म ‘दृष्यम २’
आज शुक्रबारबाट हलमा बलिउडको नयाँ फिल्म ‘दृष्यम २’ रिलिज भएको छ । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका कारण कुनै पनि नेपाली फिल्म रिलिज नहुँदा ‘दृष्यम २’ ले सिंगल प्रदर्शन अवसर पाएको हो । यद्यपि देशभरका फिल्म हल भने यसले पाएको छैन । केही साता अगाडि प्रदर्शनमा आएको फिल्म ‘महापुरुष’ र अघिल्लो साता प्रदर्शनमा आएको बलिउड फिल्म ‘उचाही’ ले अझ केही फिल्म हल ओगटेका छन् ।
‘दृष्यम २’ मलायलम फिल्मको हिन्दी रिमेक हो । अभिषेक पाठकद्वारा निर्देशित फिल्ममा अजय देवगण, तब्बू, अक्षय खन्ना, श्रेया सरन, इशिता दत्ता, सौरभ शुक्ला तथा मृणाल जाधव जस्ता कलाकारको अभिनय देख्न सकिन्छ ।
सस्पेन्स र ड्रामाले भरिएको यो फिल्मलाई फेमिली इन्टरटेन्मेन्टको रुपमा तयार पारिएको हो ।
फिल्म हल बन्द
मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि देशभरका फिल्म हल समेत बन्द हुनेछ । निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै देशभरका फिल्म हल शनिबार साँझबाट सोमबार बिहान सम्मका लागि बन्द हुने चलचित्र संघका पूर्व अध्यक्ष मधुसूदन प्रधानले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण