मतदान गर्न गाउँ फर्कनेको लर्को, जुम्ला सदरमुकाम सुनसान
मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ । निर्वाचन आउन दुई दिनमात्र बाँकी रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो । जुम्लाको सदरमुकाम खलंगाबाट बाहिरिने यात्रुको निकै चाप छ ।
जुम्ला बजारमै व्यवसाय, अध्ययन तथा कामको सिलसिलामा बस्नेहरू मतदानका लागि आफ्नो स्थायी ठेगानामा फर्किरहेका छन् । अध्ययन तथा रोजगारीका लागि जुम्ला बजारमा रहेकाहरू गाउँघर फर्कन थालेका हुन् । शुक्रबार बिहान परिवारसहित बसपार्कमा भेटिएका सिँजाका भक्त बुढ विगत १० वर्षदेखि जुम्लाको सदरमुकाममा बस्दै आएका छन् । गाउँबाट फोन गरेर सबैले बोलाएपछि मतदानका लागि जान लागेको उनले सुनाए ।

जुम्ला बजारबाट कतिपय त पैदल नै आफ्नो गाउँघर गएका छन् भने कतिपय पार्टीका सम्पर्क समन्वय समिति र उम्मेदवारबाट रिजर्भ गरिएको बसमार्फत गाउँघर गइरहेका छन् । जुम्लामा कुल ६८ हजार ६ सय ३८ मतदाता छन । प्रदेशसभा क्षेत्र १ मा जम्मा ३६ हजार सात सय ८३ र प्रदेशसभा क्षेत्र २ मा ३१ हजार ८ सय ५५ मतदाता छन् ।
निर्वाचन प्रयोजनका लागि जुम्लामा एक हजार ९५४ जना सुरक्षाकर्मी खटिएका छन् । जिल्लामा ८४३ म्यादी प्रहरी, २२६ नेपाल प्रहरी, ४५० नेपाली सेना र २३५ सशस्त्र प्रहरी परिचालन गरिएको छ । जुम्लामा १०६ स्थायी र दुई अस्थायी गरी जम्मा १०८ मतदान केन्द्र छन् भने ८६ मतदान स्थल छन् । निर्वाचनका लागि ८ सय ४८ कर्मचारी खटाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण