बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि सह्य हुँदैन : गृह मन्त्रालय

शुक्रबार, ०२ मङ्सिर २०७९, १५ : २४
शुक्रबार, ०२ मङ्सिर २०७९

गृह मन्त्रालयले निर्वाचनलाई असर गर्ने कुनैपनि गतिविधि नियन्त्रण गर्न सरकार सक्षम रहेको दाबी गरेको छ । शुक्रवार गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह सचिव विनोद प्रकाश सिंहले भयरहित रूपमा मतदान सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको जनाए । 

उनले सुरक्षाका हिसाबले कुनै कमी नहुने भन्दै आवश्यक प्रबन्ध मिलाएको जानकारी दिए । त्यस क्रममा उनले हवाई र स्थल गस्ती हुने भन्दै त्यसको प्रबन्ध मिलाएको जानकारी दिए । कुनैपनि मतदान केन्द्रमा केही भए नेपाली सेनाको टोली बढीमा ३० मिनेटमा पुग्नसक्नेगरी व्यवस्था गरेको सचिव सिंहको भनाइ छ । उनले हवाई गस्तीका लागि नेपाली सेनाका हेलिकोप्टरका साथै निजी क्षेत्रका हेलिकोप्टर पनि तयारी अवस्थामा राखिएको जनाए । 

गृह मन्त्रालयले निर्वाचन विथोल्नसक्ने सम्भावित समूह र संगठन पहिचान गरेको र कतिपयलाई नियन्त्रणमा समेत लिएको जनाएको छ । ‘हिंसात्मक गतिविधि र क्रियाकलाप गर्ने व्यक्ति, समूह र संगठनलाई कानुनी दायरामा ल्याउने काम गरिरहेका छौं । कुनैपनि किसिमले मतदानलाई असर गर्ने, कर्मचारी, मतदाताको सुरक्षा, उम्मेदवार र मतदान सामग्रीको सुरक्षामा खतरा हुने कुरा सह्य हुनेछैन, त्यसलाई कडा रूपमा नियन्त्रण गरिन्छ’, गृह सचिव सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए ।  

उनले भने, ‘केही समूह, केही दल हुन सक्छन् । लिस्टिङ छ । सुक्षम निगरानी गरिरहेको छ । निर्वाचनलाई असर गर्ने किसिमका गतिविधि नियन्त्रण गर्न हामी सक्षम छौ र यो निर्देशन स्थानीय तहमा पुगिसकेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप