९ सय ३ ठाउँमा सेनाको बम डिस्पोजल टोली परिचालन
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले लगातार बम विष्फोट गराउने र कुकर बम राखेर त्रसित गराउन थालेपछि देशभर ‘बम डिस्पोजल’ टोली परिचालन गरिएको छ । निर्वाचनलाई प्रभावित पार्ने गरी राखिएका बम डिस्पोज गर्न ९०३ वटा सेनाको ‘बम डिस्पोजल टोली’ परिचालन गरिएको गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले बताए ।
गृह मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सिंहले भने– ‘देशभर ९०३ ठाउँमा सेनाको बम डिस्पोजल टोली खटिएका छन्, आवश्यकताअनुसार टोली थप गरिनेछ ।’ आवश्यकताअनुसार बम निष्क्रिय पार्नसक्ने टिम ‘स्ट्यान्डबाई’ राखिएको नेपाली सेनाका एकजना उच्च अधिकृतले जानकारी दिए । उनका अनुसार बम निष्क्रिय गर्नसक्ने थप १५० टिम तयारी अवस्थामा छन् ।
गृहसचिव सिंहले नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंह, सशस्त्रका आईजीपी राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई सँगै राखेर पत्रकार सम्मेलन गरेका हुन् । सम्मेलनमा सिंहले हिंसात्मक गतिविधि गर्नेहरुविरुद्ध ‘शून्य सहनशीलता’को नीति अवलम्बन गरिने बताए ।
‘मतदाता, कर्मचारी र उम्मेदवारको सुरक्षामा खतरा उत्पन्न गराउन खोजेमा सह्य हुँदैन’ सिंहले भने–‘निर्वाचनलाई भौतिक रुपमा असर गर्ने क्रियाकलाप विरुद्ध अपरेसन भइरहेको छ ।’ सचिव सिंहले शून्य सहनशीलता अपनाउने बताए पनि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बुधवादेखि लगातार बम विष्फोट गराउँदै आएको छ । बुधबार भोजपुर र नेपालगञ्जमा विष्फोट गराएको सो समूहले शुक्रवार बिहान काठमाडौं र ललितपुरमा कुकर बम राखेको छ । काठमाडौंमा बुढानिलकण्ठ, भत्केको पुल र ललितपुरको जावलाखेलमा बम राख्ने काममा ‘विप्लवका’ कार्यकर्ता संलग्न रहेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण