नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प
शुक्रबार, ०२ मङ्सिर २०७९, १७ : ३५
१
नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । जहाजमा १५ जना सवार थिए ।
आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ ।
निगमसँग आन्तरिक उडानमा तीन थान ट्वीनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ र अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी
-
‘कांग्रेसले गिरीबन्धुको ७० बिगाहा जमिन बिक्री गर्न दियो’
-
दाँतबाट खुल्यो जलाएर हत्या गरिएका विष्णुको पहिचान, घटना रहस्यमय