विराटनगरको पुष्पमार्गमा शङ्कास्पद वस्तु फेला
शनिबार, ०३ मङ्सिर २०७९, ०८ : १८
विराटनगर ३ पुष्पमार्गमा आज बिहान शङ्कास्पद वस्तु फेला परेको छ । शङ्कास्पद वस्तु बम हुनसक्ने आशंकामा सुरक्षाकर्मीले सो क्षेत्रमा आवतजावतमा रोक लगाएका छन् ।
आज बिहान ७ बजे बजेतिर शंकास्पद एउटा झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले शङ्कास्पद वस्तु फेला परेकाले नेपाली सेनाको बम डिस्पोजल टोली बोलाइएको जानकारी दिए ।
निर्वाचन मिति नजिकिएसँगै देशका विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला पर्ने क्रम बढेको छ । निर्वाचन बिथोल्ने मनासायले यस्ता गतिविधि बढेको भन्दै प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाइएको दाबी गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण