बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

उम्मेदवारले पैसा बाँडेको उजुरी आए छानबिन गरेर कारबाही गर्छौ : आयोग प्रवक्ता पौडेल

शनिबार, ०३ मङ्सिर २०७९, १३ : ३५
शनिबार, ०३ मङ्सिर २०७९

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधिमा पैसा बाँडेको उजुरी आए छानबिन गर्ने निर्वाचन आयोगले जनाएको छ । शनिबार आयोगले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त्यस्तो उजुरी आए आयोगले छानबिन गर्ने र प्रमाणित भए कारबाही गर्ने बताए । 

उनले मौन अवधिमा सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनको घटना नभएको दावी गरेका छन् । तर सामाजिक सञ्जालबाट दलका उम्मेदवार र उनीहरूका कार्यकर्ताले मत मागेका सामग्री प्रकाशन गरेर आचारसंहिता उल्लंघन गरिरहेका छन् । आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न मतदाताहरूलाई अपिल समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप