उम्मेदवारले पैसा बाँडेको उजुरी आए छानबिन गरेर कारबाही गर्छौ : आयोग प्रवक्ता पौडेल
शनिबार, ०३ मङ्सिर २०७९, १३ : ३५
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधिमा पैसा बाँडेको उजुरी आए छानबिन गर्ने निर्वाचन आयोगले जनाएको छ । शनिबार आयोगले गरेको संक्षिप्त पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त्यस्तो उजुरी आए आयोगले छानबिन गर्ने र प्रमाणित भए कारबाही गर्ने बताए ।
उनले मौन अवधिमा सामाजिक सञ्जालबाट आचारसंहिता उल्लंघनको घटना नभएको दावी गरेका छन् । तर सामाजिक सञ्जालबाट दलका उम्मेदवार र उनीहरूका कार्यकर्ताले मत मागेका सामग्री प्रकाशन गरेर आचारसंहिता उल्लंघन गरिरहेका छन् । आयोगले आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न मतदाताहरूलाई अपिल समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण