कलाकारले कहाँ कहाँबाट हाल्दै छन् भोट ?
आज आइतबार देशभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान जारी छ । निर्वाचनमा सर्वसाधारण मात्र होइन, कलाकार पनि आफ्नो क्षेत्रमा तोकिएको मतदान केन्द्रबाट मतदान गर्दै छन् । हास्य कलाकार तथा अभिनेता दीपकराज गिरीले चन्द्रागिरि नगरपालिका–१, दहचोक मतदान केन्द्रबाट मतदान गर्दै छन् । उनले यस अगाडि पनि त्यहीबाट मतदान गर्दै आएका हुन् ।
अभिनेता राजेश हमालले काठमाडौं लैनचौरस्थित कन्या हाइस्कुल मतदान केन्द्रबाट मतदान गर्दैछन् । उनले गत स्थानीय निर्वाचनमा पनि त्यहीबाट मतदान गरेका थिए । अभिनेता भुवन केसी भीमसेनगोला केन्द्रमा मतदान गर्नेछन् । गत स्थानीय निर्वाचनमा पनि त्यहीबाट उनले मतदान गरेका थिए । अभिनेता अनमोल केसीको मतदान केन्द्र पनि त्यही हो ।
त्यस्तै कलाकार जीतु नेपालले काठमाडौं क्षेत्र नम्बर २ को जडिबुट्टी नरेफाट स्थिती कोटेदेबी मतदान केन्द्रबाट मतदान गर्दै छन् ।
कलाकार निर्मल शर्मा ‘गैडा’ काठमाडौं महानगरपालिका–७ सिफलस्थित हिमालय विद्यामन्दिर केन्द्रबाट मतदान गर्दैछन् । अभिनेता मनोज गजुरेलले सूर्यविनायक–२, बालकोटको बालबिनायक मतदान केन्द्रबाट मतदान गर्दैछन् ।
कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले काभ्रेको पनौती नगरपालिकास्थित सुन्थाना मतदान केन्द्रबाट मतदान गर्दैछन् । हास्यकलाकार शिवशंकर रिजाल सर्लाही क्षेत्रनम्बर ४ को बरथवा मतदान केन्द्रबाट मतदान गर्दै छन् ।
यस्तै कलाकार उत्तक केसी तारकेस्वर नगरपालिका ग्रामिन आदर्श मतदान केन्द्रबाट मतदान गर्दैछन् । अभिनेता आर्यन सिग्देल काठमाडौ क्षेत्र न १० चन्दागिरी १ मतदान केन्द्रबाट मतदान गर्दै छन् ।
हास्य कलाकार किरण केसी ललितपुर क्षेत्र नं १ को महादेवस्थान मतदान केन्द्रबाट मतदान गर्दैछन् । अभिनेत्री करिस्मा मानन्धर काठमाडौं क्षेत्र नम्बर ५ लाजिमपाट मतदान केन्द्रबाट मतदान गर्दैछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने सरकारको अर्को राष्ट्रघाती निर्णय : भीम रावल
-
विश्वकपपछि जलपान विश्रामको नियम हट्न सक्ने
-
जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो
-
साउन मसान्तभित्र सम्पर्कमा आएका फार्म र सहकारीबाट मात्रै डीडीसीले दूध किन्ने
-
विश्वकप फाइनलको संघारमा कोलकातामा मेसी फोबिया
-
दक्षिणपन्थीसँग साँठगाँठ गरेर पार्टी प्रतिष्ठामा आँच नपुर्याउन झलनाथको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण