कर्णालीका कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?
कर्णाली प्रदेशका १० वटै जिल्लामा धमाधम मतदान भइरहेको छ । हिमाली जिल्लामा चिसो र दैलेखको चामुण्डा विन्द्रासैनीको एक विद्यालयमा शङ्कास्पद वस्तु फेला परेपछि केही ढिलाई गरि मतदान सुरु भएको थियो । यद्यपि सबैजसो जिल्लाका मतदान केन्द्रहरूमा बिहान ८ बजेदेखि मतदान सुरु भइसकेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।
हुम्लाको सर्केगाडको एउटा मतदान केन्द्रमा झडप हुँदा भने मतदान रोकिएको छ। बिहान ११ बजेसम्म हरेक जिल्लामा १० देखि २० प्रतिशतको हाराहारीमा मतदान खसेको बताइएको छ । जस अनुसार हिमाली जिल्ला डोल्पामा ५, मुगुमा १८ र हुम्लामा २० प्रतिशत मत खसेको जिल्लाका निर्वाचन अधिकारीहरूले जनाएका छन् ।
सल्यानका निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । सल्यानमा १ लाख ५७ हजार ७०१ मतदाता संख्या र २०२ मतदान केन्द्र रहेका छन् । रुकुम पश्चिमका निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार ११ बजेसम्म १५ हजार मत खसेको जानकारी दिइन् ।
यहाँ १ लाख ४ हजार २८० मतदाता संख्या र १३९ मतदान केन्द्र रहेका छन् । जाजरकोट निर्वाचन कार्यालयको निर्वाचन अधिकारी नविनकुमार कठायत अनुसार ११ प्रतिशत मत खसेको छ । यहाँ १ लाख ३ हजार ३६३ मतदाता र १४२ मतदान केन्द्र रहेका छन् ।
कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता रहेका छन् भने झन्डै ८ देखि ९ लाख सम्म मत खस्ने आकलन गरिएको छ । दैलेखमा १५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण