बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका कुन जिल्लामा कति प्रतिशत मत खस्यो ?

आइतबार, ०४ मङ्सिर २०७९, १२ : २९
आइतबार, ०४ मङ्सिर २०७९

कर्णाली प्रदेशका १० वटै जिल्लामा धमाधम मतदान भइरहेको छ । हिमाली जिल्लामा चिसो र दैलेखको चामुण्डा विन्द्रासैनीको एक विद्यालयमा शङ्कास्पद वस्तु फेला परेपछि केही ढिलाई गरि मतदान सुरु भएको थियो । यद्यपि सबैजसो जिल्लाका मतदान केन्द्रहरूमा बिहान ८ बजेदेखि मतदान सुरु भइसकेको निर्वाचन अधिकारीहरूले बताएका छन् ।

हुम्लाको सर्केगाडको एउटा मतदान केन्द्रमा झडप हुँदा भने मतदान रोकिएको छ। बिहान ११ बजेसम्म हरेक जिल्लामा १० देखि २० प्रतिशतको हाराहारीमा मतदान खसेको बताइएको छ ।  जस अनुसार हिमाली जिल्ला डोल्पामा ५, मुगुमा १८ र हुम्लामा २० प्रतिशत मत खसेको जिल्लाका निर्वाचन अधिकारीहरूले जनाएका छन्  ।

सल्यानका निर्वाचन अधिकारी निमराज भट्टराईका अनुसार बिहान ११ बजेसम्म १५ प्रतिशत मत खसेको छ । सल्यानमा १ लाख ५७ हजार ७०१ मतदाता संख्या र २०२  मतदान केन्द्र रहेका छन् ।  रुकुम पश्चिमका निर्वाचन अधिकारी कुमारी रिमा मल्लका अनुसार ११ बजेसम्म १५ हजार मत खसेको जानकारी दिइन् ।

यहाँ १ लाख ४ हजार २८० मतदाता संख्या र १३९ मतदान केन्द्र रहेका छन् ।  जाजरकोट निर्वाचन कार्यालयको निर्वाचन अधिकारी नविनकुमार कठायत अनुसार ११ प्रतिशत मत खसेको छ । यहाँ १ लाख ३ हजार ३६३ मतदाता र १४२ मतदान केन्द्र रहेका छन् ।

कर्णालीमा १० लाख ८ हजार ४०३ मतदाता रहेका छन् भने झन्डै ८ देखि ९ लाख सम्म मत खस्ने आकलन गरिएको छ । दैलेखमा १५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप