मतदान सकिएसँगै निर्वाचन आयोगले बोलायो पत्रकार सम्मेलन
आइतबार, ०४ मङ्सिर २०७९, १७ : १५
निर्वाचन आयोगले आइतबार राति ७ः ५० बजेका लागि पत्रकार सम्मेलन बोलाएको छ । आइतबार देशभर भएका प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदान साँझ ५ बजे सकिएसँगै यसबारे विस्तृत जानकारी दिन आयोगले पत्रकार सम्मेलन बोलाएको हो ।
आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेदेखि सकिएपनि मतदानस्थलभित्र पसेकाहरूले भने त्यसपछि पनि मत खसाल्न पाउने छन् । आयोगले छिटपुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको जनाएको छ । यद्यपि आशातीत मत भने खस्न नसकेको सरोकारवालाहरुले बताएका छन् । निर्वाचन पर्यवेक्षकहरुले यस पटकको निर्वाचनमा मतदाताहरू उत्साहित नदेखिएको प्रतिक्रिया दिएका हुन् ।
निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मतदानका लागि योग्य थिए । आयोगले तीमध्ये कति प्रतिशत मत खस्यो भन्नेबारे आधिकारिक जानकारी दिइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण