काठमाडौंमा मतपेटिका संकलन सुरु (तस्बिरहरु)
आजै मतगणना गरिने
आइतबार, ०४ मङ्सिर २०७९, १८ : ०६

आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काठमाडौंमा मतदान सकिएको छ । काठमाडौंका दस वटा निर्वाचन क्षेत्रका ७ सय ६७ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो । मतदानका लागि तोकिएको साँझ ५ बजेसम्मको समयमा मतदान सकिएको छ ।
यस्तै मतदान केन्द्रहरूबाट मतगणनास्थलहरूमा मतपेटिका संकलनको काम भइरहेको छ । क्षेत्र नं. १ मा ४५ हजार १८, क्षेत्र नं. २ मा ८१ हजार ९७०, क्षेत्र नं. ३ मा ५८ हजार ८०५, क्षेत्र नं. ४ मा ६९ हजार ७५२, क्षेत्र नं. ५ मा ७० हजार ९१९, क्षेत्र नं. ६ मा ६२ हजार १०२, क्षेत्र नं. ७ मा ६१ हजार २९१, क्षेत्र नं. ८ मा ५३ हजार १०६, क्षेत्र नं. ९ मा ७२ हजार १७३ र क्षेत्र नं. १० मा ७६ हजार ९०६ मतदाता छन् । काठमाडौंमा मतपेटिका संकलन पछि आजै मतगणना गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वसन्त ऋतुको हिमाल आरोहणबाट ७७ करोड रोयल्टी सङ्कलन
-
गायिका एवं कम्पोजर लक्ष्मीले ल्याइन् ‘जिन्दगीको गोरेटोमा’
-
रोचक प्रिमियर लिग : तीन खेलमा २-० को हारजित, दुई खेल २-२ को बराबरी
-
एल क्लासिकोमा बार्सिलोना विजयी, उपाधिको मुखैमा रियाललाई ठूलो झट्का, एम्बाप्पेको ह्याट्रिक गयो खेर
-
स्थापनाको ९ वर्षसम्म बनेन पालिकाको आफ्नै घर, भाडामै सकियो ६० लाख
-
१२ बजे, १२ समाचार : काठमाडौंका दुई निजी विद्यालयमा छापादेखि बालेनसँगको लफडाले काठमाडौंबाट हात झिक्दै सडक विभागसम्म