बारा –३ मा साह र यादवबीच तीव्र प्रतिस्पर्धा
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ४८
बारा निर्वाचन क्षेत्र नं ३ मा एमाले उम्मेदवार ज्वालाकुमारी साह र जनता समाजवादी पार्टी (जसपा) उम्मेदवार रामबाबु यादवबीच तीव्र प्रतिस्पर्धा देखिएको छ ।
बारा–३ मा हालसम्म भएको मतगणनामा एमाले उम्मेदवार साहले ३ हजार ३६५ मत ल्याउँदा जसपा उम्मेदवार यादवले ३ हजार २ सय ७८ मत प्राप्त गरेका छन् । दुवै उम्मेदवार मध्ये ८७ मतले साह अगाडि छिन् ।
यता सत्ता गठबन्धनका उम्मेदवार लालबाबु सिंहले भने १ हजार ९१५ मत प्राप्त गरेका छन् । मधेस प्रदेशका ८ जिल्लामा एमाले–जसपाबीच गठबन्धन हुँदा बारा ३ मा भने दुवै पार्टीबीच मित्रवत् प्रतिस्पर्धा भएको छ । बारा ३ मा हालसम्म कलैया उपमहानगरको वडा नं १,२,४,१५,१६ र २१ नं वडामा मतगणना सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
-
मनिलामा बुधबार अमेरिका र चीनका शीर्ष कूटनीतिज्ञबिच वार्ता हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण