आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

प्रदेश १ को २२ क्षेत्रको मतगणना अपडेट: एमालेलाई प्रारम्भिक अग्रता

प्रदेश १ मा ९ क्षेत्रमा एमाले अगाडि, ५ स्थानमा कंग्रेस, ३ स्थानमा माओवादी, २ स्थानमा राप्रपा र रास्वपा, १ स्थानमा स्वतन्त्र अगाडि
मङ्गलबार, ०६ मङ्सिर २०७९, ०७ : ५७
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रदेश १ मा मतगणना भइरहेका मध्ये २२ निर्वाचन क्षेत्रको ताजा मत परिणाममा एमालेको धेरै क्षेत्रमा अग्रता देखिएको छ । २२ निर्वाचन क्षेत्रमध्ये प्रदेश १ मा ९ क्षेत्रमा एमाले, ५ स्थानमा कांग्रेस, ३ स्थानमा माओवादी, २-२ स्थानमा राप्रपा र रास्वपा, १ स्थानमा स्वतन्त्र अगाडि छन् । 

अन्य ९ निर्वाचन क्षेत्रको मतगणनाको अपडेट छैन । निर्वाचन आयोगको वेभसाइटमा उल्लेख भएको विवरण अनुसार सुनसरीको ३ र ४ नम्बर क्षेत्र, सोलुखुम्बु, संखुवासभा, तेह्रथु्म र ताप्लेजुङको मतगणना अपडेट छैन ।

कसको कहाँ अग्रता ? 
पाँचथरमा नेकपा एमालेका उम्मेदवार बसन्त कुमार नेम्वाङले १६७२ मत ल्याउँदा नेपाली कांग्रेसका भिष्मराज आङ्देम्बेले १४५७ मत ल्याएर पछ्याइरहेका छन् । 

इलामको निर्वाचन क्षेत्र १ मा एमालेका महेश बस्नेतले एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पछि पारेका छन् । बस्नेतले ४ हजार ३३६ मत ल्याउँदा खनालले ३ हजार ७८३ मत ल्याएका छन् । 

इलामको निर्वाचन क्षेत्र २ मा पनि एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता लिएका छन् । नेम्वाङले १ हजार ६७७ मत ल्याउँदा कांग्रेसका डम्बर बहादुर खड्काले १ हजार ४८५ मत ल्याएका छन् ।

झापा १ मा भने नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा ५ हजार बढी मतअन्तरले अगाडि आएका छन् । उनले ११ हजार ३८५ मत ल्याउँदा उनका निकटम प्रतिस्पर्धी एमालेका अग्नि खरेलले ७ हजार ८६ मत ल्याएका छन् । 

झापा २ मा एमालेका देवराज घिमिरेले २ हजार ७४९ मत ल्याउँदा उनका निकटम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले २ हजार ५७६ मत ल्याएका छन् । सत्ता गठबन्धनका उम्मेद्वार हरिकुमार रानाले भने १ हजार ३८६ मत मात्रै ल्याएका छन् । 

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले अग्रता लिएका छन् । लिङदेनले ३ हजार ५२ मत ल्याउँदै काँग्रेस नेता कृष्ण प्रसाद सिटौलाले २ हजार २३१ मत पाएका छन् । 

यस्तै झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले ३ हजार ५३९ मत ल्याएर अग्रता कायम राख्दा एमालेका लाल प्रसाद साँवा लिम्बूले ३ हजार १५ मत ल्याएर पछ्याइरहेका छन् । 

झापा ५ मा भने एमाले अध्यक्ष केपी शर्मा ओली भारी मतका साथ अगाडि देखिएका छन् । ओलीले ८ हजार ९७८ मत ल्याउँदा प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ४४८ मत ल्याएका छन् । 

उता, भोजपुरमा माओवादी नेता सुदन किराँतीले मतअन्तर फराकिलो पार्दै लगेका छन् । किराँतीले १ हजार ५४१ मत ल्याउँदा एमालेका शेरधन राईले १ हजार ८५ मत ल्याएका छन् । 

धनकुटामा एमालेले अग्रता लिएको छ । एमालेका राजेन्द्रकुमार राईले ५ हजार १२२ मत ल्याउँदा काँग्रेसका सुनिलबहादुर थापाले ३ हजार ९७३ मत ल्याएका छन् । 

मोरङको निर्वाचन क्षेत्र १ मा भने एमालेको अग्रता देखिएको छ । त्यहाँ एमालेका उम्मेदवार घनश्याम खतिवडाले १ हजार ७०१ मत ल्याउँदा काँग्रेसका डिकबहादुर लिम्बूले १ हजार १७० मत ल्याएका छन् । 

मोरङ २ मा भने काँग्रेस नेतृ सुजाता कोइरालालाई पछाडि पार्दै एमाले नेता ऋषिकेश पोखरेलले अग्रता लिएका छन् । पोखरेलले १ हजार ४०७ मत ल्याउँदा कोइरालाले ९८३ मत मात्रै ल्याएकी छिन् । 

यस्तै मोरङ ३ मा भने फराकिलो मत अन्तरले एमालेका नेता भानुभक्त ढकाल पछाडि परेका छन् । ढकाललाई काँग्रेस नेता सुनिल शर्माले पछि पारेका हुन् । शर्माले १ हजार ८८७ मत ल्याउँदा ढकालले ८७८ मत ल्याएका छन् । उक्त क्षेत्रबाट उम्मेदवार बनेकी राप्रपाकी नेतृ तथा नायिका रेखा थापाले ३८९ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छिन् । 

मोरङ ४ मा माओवादी केन्द्रका नेता अमनलाल मोदीले मतअन्तर फराकिलो बनाएका छन् । मोदीले ५ हजार ७९२ मत ल्याउँदा एमालेका विनोद प्रसाद ढकालले ४ हजार १४९ मत ल्याएर दोस्रो स्थानमा छन् । 
मोरङ ५ मा भने स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल ३ हजार ६९३ मतका साथ अग्रस्थानमा छन् । उनलाई जसपाका राजकुमार यादवले टक्कटर दिइरहेका छन् । यादवले ३ हजार २९४ मत ल्याएका छन् भने माओवादी केन्द्रका शिवकुमार मण्डलले ३ हजार १२२ मत ल्याएका छन् । 

मोरङको ६ नम्बर क्षेत्रमा भने काँग्रेस नेता डाक्टर शेखर कोइरालाले अग्रता लिएका छन् । कोइरालाले १ हजार ७७७ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका लालबाबु पण्डितले १ हजार ६३२ मत ल्याएका छन् ।

सुनसरीको क्षेत्र नम्बर १ मा भने राप्रपाका अशोक कुमार राई अगाडि छन् । उनले ७१५ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेद्वार मनोजकुमार मेन्याङ्बोले ६९३ मत ल्याएका छन् । 

सुनसरी २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका लालविक्रम थापा ८९४ मतसहित पहिलो स्थानमा छन् । उनलाई काँग्रेसका सिताराम महतोले पछ्याइरहेका छन् । महतोले ७०५ मत ल्याएका छन् । 

यता, खोटाङमा भने माओवादीका रामकुमार राईले एमालेका विशाल भट्टराईलाई थोरै मतले पछि पारेका छन् । राईले १ हजार ४ मत ल्याउँदा भट्टराईले १ हजार १ मत पाएका छन् । 

यस्तै ओखलढुंगामा भने नेपाली कांग्रेसका रामहरि खतिवडा अगाडि देखिएका छन् । उनले ३ हजार ७५८ मत ल्याउँदा एमालेका यज्ञराज सुनुवारले ३ हजार २६ मत ल्याएका छन् । 

उदयपुर १ नम्बर क्षेत्रमा पनि काँग्रेसका नेता डाक्टर नारायण खड्का अगाडि छन् । खड्काले १ हजार २५५ मत ल्याउँदा एमालेकी मन्जुकुमारी चौधरीले १ हजार २२२ मत ल्याएर दोस्रो स्थानमा छिन् । 

उदयपुर २ मा भने एमालेका अम्बरबहादुर रायमाझी ५ हजार ९४ मतका साथ अग्रस्थानमा हुँदा एकीकृत समाजवादीका जगन्नाथ खतिवडा ४ हजार ३२१ मतका साथ दोस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप