आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सर्लाही-२ मा महेन्द्रराय यादवको अग्रता कायमै

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : २५
मङ्गलबार, ०६ मङ्सिर २०७९

सर्लाही क्षेत्र नम्बर २ मा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादव र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोबीच कडा प्रतिस्पर्धा रहेको छ । 

माआवादी केन्द्रको चुनाव चिन्ह हँसुवा हथौडाबाट निर्वाचन लडेका महेन्द्र राय यादवले हालसम्म एक हजार ११३ मत ल्याएका छन भने लोसपाका नेता महतो ८६२ मत ल्याएका छन् । 

त्यस्तै, एमालेका राजनारायण यादवले ५६६ मत ल्याएका छन् । यसअघि सो क्षेत्रबाट महेन्द्र राय यादवले चुनाव जितेका थिए भने राजेन्द्र महतो धनुषा ३ बाट जितेका थिए । दुवै जना एउटै गठबन्धनमा भएपनि त्यहाँ मित्रवत प्रतिस्पर्धा भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप