आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

दाङका तीनै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवारको अग्रता

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०८ : ४३
मङ्गलबार, ०६ मङ्सिर २०७९

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका दाङका तीन वटै क्षेत्रमा अग्रता लिएका छन् । दाङ १, २ र ३ बाट सत्ता गठबन्धनका क्रमशः एकीकृत समाजवादीका मेटमणि चौधरी, माओवादी केन्द्रकी रेखा शर्मा र नेपाली कांग्रेसका दीपक गिरीले अग्रता लिएका हुन् । 

दाङ १ को कुल मत ५ हजार २८५ मत गन्दा मेटमणिले २ हजार ९९ मत, एमालेकी शान्ता चौधरीले १ हजार ३२६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकले १ हजार ९ मत ल्याएका छन् । 

यस्तै दाङ २ मा कुल मत १६ हजार २९ मत गन्दा माओवादीकी रेखा शर्माले ६ हजार ५६० मत, एमालेका शंकर पोखरेलले ५ हजार २०८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारीले २ हजार ५६८ मत ल्याएका छन् ।

यस्तै दाङ ३ मा कुल मत ६ हजार १८० मत गन्दा कांग्रेसका दिपक गिरीले २ हजार ४३७ मत, एमालेकी कोमल वलीले २ हजार १४८ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १ हजार ५२ मत ल्याएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप