आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

समानुपातिकतर्फ एमाले अगाडि, शीर्ष पाँचमा कुन कुन पार्टी ?

मङ्गलबार, ०६ मङ्सिर २०७९, ०९ : २१
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ नेकपा एमाले अगाडि देखिएको छ । निर्वाचन आयोगका अनुसार हालसम्मको मत परिणाम अनुसार एमालेले ६१ हजार १८१ मतसहित अग्रता लिएको छ ।

यस्तै, दोस्रो नम्बरमा नेपाली कांग्रेस छ । कांग्रेसले हालसम्म ५४ हजार १२५ मत पाएको छ । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी छ । सो पार्टीले २७ हजार १६० मत पाएको छ । 

चौथो नम्बरमा रहेको नेकपा माओवादी केन्द्रले २३ हजार ९८९ मत पाएको छ । राप्रपा पाँचौं नम्बरमा छ । उसले अहिलेसम्म समानुपातिकतर्फ १३ हजार ३४० मत पाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप