आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कैलाली–३ मा नागरिक उन्मुक्ति पार्टी ५ हजार मतले अगाडि

मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : ४३
मङ्गलबार, ०६ मङ्सिर २०७९

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले झण्डै ५ हजार मतको अग्रता लिएको छ ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले २० हजार २३४ मत पाएका छन् । यस्तै, नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १४ हजार ९४६ र नेकपा एमालेका गौरीशंकर चौधरीले ८ हजार २६९ मत पाएका छन् ।

४८ हजार ४६ मत गणना हुँदा ३ हजार २१२ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप