आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता २३१९ मतले अगाडि

मङ्गलबार, ०६ मङ्सिर २०७९, १० : ४९
मङ्गलबार, ०६ मङ्सिर २०७९

कैलाली निर्वाचन क्षेत्र नं. १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले २ हजार ३१९ मतान्तरका साथ अग्रता लिएकी छिन् । 

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो मतपरिणाम अनुसार १३ हजार ३७१ मत गणना हुँदा उनी ६ हजार ५७९ मतका साथ अग्रता कायमै राखेकी हुन् । 

उनलाई नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ४ हजार २६० मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ३६० मतका साथ तेस्रो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप