शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिषेक बच्चन–करिष्मा कपुरको इन्गेजमेन्ट किन टुटेको थियो ? वर्षौँपछि भयो खुलासा

मङ्गलबार, ०६ मङ्सिर २०७९, ११ : ०३
मङ्गलबार, ०६ मङ्सिर २०७९

एक समय यस्तो थियो जब अभिषेक बच्चन करिष्मा कपुरको अफेयर लाइमलाइटमा थियो । यी दुईको प्रेम टक अफ द टाउन हुने गर्दथ्यो । उनीहरुको इन्गेजमेन्ट भयो र विवाह पनि हुनै लागेको थियो । तर कपुर र बच्चन परिवारबीच बन्न लागेको सम्बन्ध टुट्यो । अभिषेक बच्चन र करिष्मा कपुरको सम्बन्ध टुट्यो । वर्षौँपछि पनि मानिसहरु यी दुईको सम्बन्ध किन टुट्यो होला भनेर प्रश्न उठाउने गर्छन् ।

किन टुट्यो अभिषेक–करिष्माको इन्गेजमेन्ट ?

फिल्म निर्माता सुनिल दर्शनले आफ्नो एक अन्तरवार्तामा अभिषेक बच्चन र करिष्मा कपुरसँगै नभएको र सम्बन्ध टुट्नुको कारणबारे खुलासा गरेका छन् । खबरका अनुसार अभिषेक र करिष्माले करिब पाँच वर्षसम्म डेट गरेका थिए । त्यसपछि उनीहरु विवाह गर्ने तयारीमा थिए । तर इन्गेजमेन्ट टुट्यो । सुनिल दर्शनले यी दुईलाई सन् २००० मा फिल्म ‘हां मैंने भी प्यार किया’ मा काम गरेका थिए । सुटिङका बेला निर्देशकले उनीहरुको इक्वेसनलाई नजिकबाट याद गरेका थिए । यो फिल्म नराम्रोसँग फ्लप भयो र योसँगै उनीहरुको सम्बन्ध पनि समाप्त भयो ।

वर्षौँपछि खुल्यो राज

बलिउड हंगामालाई दिएको अन्तरवार्तामा सुनिल दर्शनले अभिषेक–करिष्माको सम्बन्ध कुनै अफवाह नभई वास्तविकता भएको बताए । उनीहरु विवाह गर्ने तयारीमा थिए । उनी आफैँ करिष्मा–अभिषेकको इन्गेजमेन्टमा सरिक भएका थिए । तर सुटिङका क्रममा सुनिल दर्शनलाई महसुस भयो कि अभिषेक–करिष्मा एक अर्काका लागि बनेका होइनन् । यस्तो यसकारण किनभने उनीहरु दुबै सेटमा सधैँ झगडा गरिरहन्थे । सुनिल दर्शनले भने, ‘उनीहरु मेड फर इच अदर टाइपका थिएनन् । सधैँ झगडा गरिरहन्थे । सायद केही मानिस यस्तै हुन्छन् । म सधैँ हैरान हुन्थेँ र सोच्थेँ कि के उनीहरु साँच्चै एक अर्काका लागि बनेका हुन् ? अभिषेक स्विट छन् र करिष्मा पनि राम्री छिन् । तर सायद भाग्यले यी दुईका लागि केही अरु नै सोचेका थिए ।’

खैर, यो त पुरानो कुरा हो । आज करिष्मा र अभिषेक आ–आफ्नो जीवनमा सेटल छन् । करिष्मासँग सम्बन्ध टुटेपछि अभिषेक बच्चनको जीवनमा ऐश्वर्या राय बच्चन आइन् । यो विवाहबाट यी दुईको एक छोरी पनि छिन् । यस्तै, करिष्माको विवाह व्यापारी सञ्जय कपुरसँग भयो । विवाहपछि उनको दुई सन्तान भए । सन् २०१६ मा सञ्जय–करिष्माको सम्बन्धविच्छेद भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप